• होमपेज
  • बीमा
  • सफा हिमाल अभियानमा नेपाल लाइफको साथ

सफा हिमाल अभियानमा नेपाल लाइफको साथ

  • बिहिबार, चैत्र १७, २०७८
सफा हिमाल अभियानमा नेपाल लाइफको साथ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सफाहिमाल अभियानमा साथ दिने भएको छ । बिहीबार एक कार्यक्रमकाबीच नेपाली सेनासँग नेपाल लाइफले आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो । नेपालमा पर्वतारोहणका लागि खुल्ला हिमालहरु (खासगरी सगरमाथा क्षेत्र) मा फोहोरका कारणले हुन गएको सौन्दर्य ह्रासलाई कम गर्न यो अभियान संचालन गरिने भएको हो  ।

नेपाली सेनाका सहायक रथी हिमांशु खड्काले सरकारी निकाय, गैर–सरकारी संघ÷संस्था, पब्लिक कम्पनी तथा निजी क्षेत्रहरुको सफाहिमाल अभियानमा साथ पाउनु खुसीको कुरा भएको बताए । उनले नेपाल लाइफले सामाजिक उत्तरदायित्वलाई सफाहिमाल अभियान नै छनौट गरी यसको स्टेकहोल्डर बन्नु सरहानिय भएको बताए ।

नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरीले विश्वमानचित्रमा नेपालको उचाइको गौरवलाई स्वच्छ र सफा हिमालले सुन्दर देशका रुपमा परिचय कायम गर्न सहयोग गर्ने कुरालाई मनन गर्दै ‘सफा हिमाल अभियान २०२२’मा हातेमालो गरेको प्रष्ट्याए ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सकातर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरी र नेपाली सेनाकातर्फबाट  राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्ष निर्देशनालय जंगीअड्डाका सहायक रथी हिमांशु खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार