• होमपेज
  • बीमा
  • प्रभु लाइफको चौंथो वार्षिक साधारण सभा सम्पन्न

प्रभु लाइफको चौंथो वार्षिक साधारण सभा सम्पन्न

  • आइतवार, चैत्र ६, २०७८
प्रभु लाइफको चौंथो वार्षिक साधारण सभा सम्पन्न

प्रभु लाइफ इन्स्योरेन्सको चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटेल रेडीसन काठमाडौँमा सम्पन्न भएको हो । सभाबाट अध्यक्षको मन्तव्य तथा सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित भएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित भएका छन् ।

त्यस्तै, सभाले समुह ‘ख’  संस्थापक शेयरधनीको तर्फबाट सिए शंकर गौतम र सिए दीपक पाण्डे सर्बसम्मत निर्बाचित भएका छन् । त्यस्तै, समुह ‘क’ संस्थापक शेयरधनीका तर्फबाट डा. बिमला दाहाल रेग्मी र स्वतन्त्र संचालकमा  अनिल प्रसाद श्रेष्ठ लाई संचालक समितिले गरेको नियुक्तिलाई सभाले अनुमोदन गरेको छ । साथै, सभाले सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत अध्यक्ष र सञ्चालकले पाउने बैठक भत्ता वृद्धि गर्ने सम्बन्धी प्रस्ताव स्कीकृत गरेको छ ।

सञ्चालक समितिको निर्णयहरु अनुमोदन गर्ने, कम्पनीको प्रवन्धपत्र नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीको प्रस्तावित संशोधन नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

त्यस्तै, सभाले कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता वापतको रकम ७५०,००० कम्पनी ऐन, २०६३ को दफा १०५(१)(ग) बमोजिम अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा