• होमपेज
  • वाणिज्य बैंक
  • नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता

नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता

  • बुधबार, चैत्र २, २०७८
नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता

नबिल बैंकले साना तथा मझौला स्तरका मोबाइल बिक्री वितरण गर्ने व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसंग सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत मोबाइल वितरकको संजालमा रहेका खुद«ा विक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सीङ कर्जा सुविधा उपलब्ध गराउनेछ । साथै, आफनो व्यवसायको आवश्कता बमोजिम मोबाइल वितरकले बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवा सुविधाहरु प्राप्त हुने सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौतामा बैंकका तर्फबाट साना, मझौला तथा लघुवित्त कर्जा प्रमुख निरजकुमार बस्नेत (डनिल) र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरेका छन् ।

साझेदारीको बारेमा बोल्दै, बस्नेतले नबिल बैक सदैब साना तथा मझौला स्तरका व्यवसायीहरुको दिगो विकासको लागी समय–सान्दर्भिक कर्जा तथा सुविधाहरु सरल र सहज किसिमले बढी भन्दा बढी व्यवसायीहरुको पहुँचमा पु¥याउन निरन्तर लागी परिरहेको जानकारी गराए ।

Facebook Comments

सम्बन्धित समाचार