• होमपेज
  • अर्थ/वाणिज्य
  • ९५ प्रतिशत जनतामा विद्युतको पहुँच पुग्यो : निर्देशक घिसिङ

९५ प्रतिशत जनतामा विद्युतको पहुँच पुग्यो : निर्देशक घिसिङ

  • सोमवार, फाल्गुन ३०, २०७८
९५ प्रतिशत जनतामा विद्युतको पहुँच पुग्यो : निर्देशक घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफु प्राधिकरणको नेतृत्वमा आइपछि ९५ प्रतिशत जनतामा बिद्युतको पहुँच पुगेको बताउनुभएको छ ।

सोमबार काठमाडौंको बौद्धमा आयोजित पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रममा घिसिङले यसअघि ६० प्रतिशतमा रहेको बिद्युतको पहुँच ९५ प्रतिशतमा पुराईएको बताउनुभएको हो । उहाँले कर्णालीको बिकट ठाँउहरुमा अझै पनि बिद्युतको पहुँच पुग्न नसकेको भन्दै छिटै सवै स्थानमा बिद्युत पुराईने जानकारी दिनुभयो ।

दुरदराजमा रहेका जनतालाई बिद्युत पुराउनुपर्छ भन्ने लक्ष्यका साथ प्राधिकरण अघि बढेको उहाको भनाई छ । घिसिङले डोल्पा, मुगु, हुम्लामा बिद्युतको पहुँच अझैपनि सहज नरहेको अवस्थामा सवै स्थानमा केन्द्रीय प्रशारणको बिद्युत पुराउने बताउनुभयो । उहाँले बिकट गुम्वामा पनि बिद्युतको पहुँच पुराउन प्रतिवद्ध रहेको धारणा राख्नुभयो ।

पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रम अन्तर्गत चैत्र २ गतेसम्म दश अरव पटक सिद्धि जप वा अभ्यास तथा डोल्पो बुद्धबाट दिर्घायु सशक्तिकरण र एक लाख त्सोक पुजा चैत्र तीन गने हुने भएको बताइएको छ ।

डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचे पाँचौ औतारी लामाका अनुसार नेपाल लगाएत विश्वभरको महमारी रोग र अनिकालको बिषम परिस्थीति सवै निर्मुल भई सवै ठाँउमा मंगल हुनको निम्ति लाखौ गुणा महिना अथवा ऋसद्ध प्रतिहार्य महिनाभित्र सिद्धि मन्त्र जप साधना आयोजना गरिएको हो ।

हरेक बर्ष यस पूजाको समयमा १० अर्व पटक सिद्धी जप तथा अध्यास, १ लाख पटक तारा जप तथा अभ्यास, १० हजार पटक महाकाला र १ लाख पटक छोग अर्पण पूजा हुने गर्दछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि