सानिमा बैंकले मोबाइल बैंकिङ्ग एप “सानिमा सजिलो ईबैंकिङ्ग”मा सफलतापूर्वक नेपालपे क्युआर समायोजन गरेको छ । सजिलो इबैंकिङ्ग प्रयोगकर्ताहरुले अब नेपालपे क्युआरबाट सजिलै क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।
बैंकले नेपाल पे क्युआरको आधारित कारोबारका लागि NCHL सँग सहकार्य गर्नेछ । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार बढाउने अपेक्षा बैंकले गरेको छ । सानिमाबैंकको देशका सातै प्रदेशमा १२४ कार्यालय र १११ वटा एटिएम संचालनमा रहेका छन् ।