• होमपेज
  • बीमा
  • एशियन लाइफको नारायणगढ शाखाले दियो बीमा वापतको दाबी रकम

एशियन लाइफको नारायणगढ शाखाले दियो बीमा वापतको दाबी रकम

  • मङ्लबार, फाल्गुन २४, २०७८
एशियन लाइफको नारायणगढ शाखाले दियो बीमा वापतको दाबी रकम

एशियन लाइफ इन्स्योरेन्स कम्पनि नारायणगढ शाखाले रत्ननगर–०८, चितवन निवासी बिजय चौधरीको परिवारलाई मृत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको छ । कम्पनिले बिजय चौधरीको घरमै गई एक कार्यक्रमको आयोजना गरि मृतकको श्रीमती रमिया चौधरीलाई ३ लाख ६ हजार ९ सय ६१ रुपैयाको चेक हस्तान्तरण गरेकोे हो ।

प्रमुख अतिथी रत्ननगर–८, चितवनका बडा अध्यक्ष बिनोद बस्नेत रहेको उक्त कार्यक्रममा दावी वापतको रकम मृतकका परिवार, आफन्त, स्थानिय समाजसेवी, अभिकर्ता र कम्पनिका पदाधिकारी लगायतको उपस्थितीमा हस्तान्तरण गरिएको थियो ।

बार्षिक बीमाशुल्क २४ हजार ५९६ रुपैयाँ मात्र रहेको ३ लाख बीमांकको उक्त बीमा योजना सन २०२१/०३/०९ मा जारी गरिएको थियो । बीमा गरिएकोे ५ महिना अर्थात सन २०२१/०८/११ मा मृगौला खराबीको कारणबाट बीमित चौधरीको मृत्यु भएको थियो ।

उक्त कार्यक्रमाा नारायणगढ शाखाका प्रमुख अबिशेष चापागाईले बीमा कम्पनी सेवा प्रदायक कम्पनी भएकाले मानवीय अपुरर्णीय क्षती भएपनि आर्थिक क्षती न्युनिकरणका लागी आफ्नो कम्पनीले बीमीतहरुलाई प्रभावकारी रुपमा दावी भुक्तानी गर्दे आएको बताए ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा