• होमपेज
  • बीमा
  • सूर्या लाइफ इन्स्योरेन्सको निःशुल्क स्वास्थ शिवीर सम्पन्न

सूर्या लाइफ इन्स्योरेन्सको निःशुल्क स्वास्थ शिवीर सम्पन्न

  • शुक्रबार, फाल्गुन २०, २०७८
सूर्या लाइफ इन्स्योरेन्सको निःशुल्क स्वास्थ शिवीर सम्पन्न

शिभरात्रीको अवसरमा भक्तजनहरुको सहयोगर्थ सूर्या लाइफ इन्स्योरेन्सले हेल्थ सर्भिस नेपालसँगको सहकार्यमा पशुपति क्षेत्रभित्र निःशुल्क स्वास्थ शिवीर सञ्चालन गरेको थियो । उक्त शिवीरबाट भक्तजनहरुलाई एम्बुलेन्स सहितको आकस्मिक स्वास्थ सेवा प्रदान गर्नुको साथै निःशुल्क दन्त परिक्षण, स्वास्थ परिक्षण गर्नुको साथै औषधी वितरण गरेको थियो ।

हेल्थ सर्भिस नेपालका ३० जना स्वस्थ सेवाकर्मीको सहयोगमा सञ्चालन गरिएको उक्त शिवीरमा पानी र जुस वितरण गर्नुका साथै नेपाल रेडक्रस सोसाइटीको सहकार्यामा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो । सामाजिक उत्तरदयित्व कार्यक्रम अन्तर्गत यस शिवीरबाट भक्तजनहरुलाई सेवा पु¥याउन सकेकोमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्कले खु्सी व्यक्त गरे ।

Facebook Comments

सम्बन्धित समाचार