• होमपेज
  • वाणिज्य बैंक
  • सबै भन्दा बढि शाखा सञ्जाल भएको एनआईसी एशिया बैंकद्वारा डिजिटल बैकिङ्गमा छलाङ्ग

सबै भन्दा बढि शाखा सञ्जाल भएको एनआईसी एशिया बैंकद्वारा डिजिटल बैकिङ्गमा छलाङ्ग

  • बिहिबार, फाल्गुन ५, २०७८
सबै भन्दा बढि शाखा सञ्जाल भएको एनआईसी एशिया बैंकद्वारा डिजिटल बैकिङ्गमा छलाङ्ग

नेपालका २७ वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढि शाखा सञ्जाल रहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गमा छलाङ्ग नै मारेको छ भन्दा अब चाहि फरक पर्दैन । आफ्ना ग्राहकको यहि आवश्यकतालाई बुझेर एनआईसी एशियाले डिजिटल बैंकिङमा ठुलो फड्को मारेको छ भन्दा अब चाहि फरक पर्दैन । र त आज मोबाइल वालेटको माध्यमबाट कुनै सुविधावापतको रकम भुक्तानी गर्दा होस् वा रकम ट्रान्सफर गर्दा, मोबाइल बैंकिङमार्फत हुने कारोबारमा सबैभन्दा ठुलो हिस्सा एनआईसी एशिया बैंकले नै ओगटेको देखिन्छ ।

देशभर आजकल क्यु आर कोडमार्फत हुने भुक्तानीको संख्या ठुलो छ । खाजा खाँदा उठेको बिल होस् वा बिजुलीको महसुल, फोन पे प्रयोग गरेर भुक्तानी गर्नेहरुको संख्या निकै ठुलो छ । त्यसमा पनि एनआईसी एशिया बैंकको खाता प्रयोग गरेर क्युआरमार्फत भुक्तानी गर्नेहरुको संख्या निकै ठुलो देखिएको छ । फोन पेकै तथ्यांकअनुसार नेपालका बैंकहरुमध्ये सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंकको खाता प्रयोग गरेर क्युआर कोडमार्फत पेमेन्ट हुने गरेको छ । अझ खास कुरा त के छ भने एनआईसी एशिया बैंकका ग्राहकहरुलाई विभिन्न भुक्तानीमा आकर्षक छुटसमेत प्रदान गर्नेगरी विभिन्न संस्थाहरुसंग भएको सम्झौताले पनि यो कारोबार बढाएको हो । अर्को तथ्य भनेको एनआईसी एशिया बैंकको सहज बैंकिङ पनि हो । कुनै समस्या आउँदा अनलाइनमार्फत नै त्यसको समाधान गर्ने भएकाले पनि डिजिटल दैनिकीको महत्व बुझ्नेहरुका लागि एनआईसी एशिया पहिलो रोजाई बन्ने गरेको छ भन्दा फरक पर्दैन ।

ठूला स्टोरमा एनआईसी एशिया प्रयोगकर्ताकै अग्रता !
यसो त देशका चलेका शपिङ सेन्टरहरुमा पनि एनआइसी एशिया प्रयोगकर्ताकै अग्रता देखिएको छ । भाटभटेनी, बिगमार्ट जस्ता ठुला सुपर स्टोरहरुमा एनआईसी एशियाकै ग्राहकहरुको कारोबार बढी देखिएको छ । यस्ता भुक्तानीमा ठुलो हिस्सा एनआईसी एशिया बैंककै हुने गरेको पाइएको छ भने अन्य रिटेल स्टोरहरुमा पनि एनआईसी एशियाकै पीओएस मेशिनबाट भुक्तानी धेरै हुने गरेको पाइएको छ ।

विभिन्न चर्चित रेष्टुरेन्टहरुमा पनि यहि बैंककै पीओएस मेशिन प्रयोग गरी रकम भुक्तानी गर्ने ग्राहकको संख्या ठुलो देखिएको छ । यसले डिजिटल भुक्तानीमा एनआईसी एशिया बैंकले गरिरहेको मेहेनतलाई छर्लंग पार्छ । जताततै एनआइसी एशियाको सेवा सहज भएको देखेपछि ग्राहकहरु पनि यहि बैंकतर्फ बढी आकर्षित हुने गरेका छन् । ठुला सुपर स्टोरहरुका रेगुलर ग्राहकहरुले त झन् एनआईसी एशिया बैंककै सेवा प्रयोग गर्ने गरेको पाइएको छ । भन्दा फरक पर्दैन ।

डिजिटल बैंकिङ एनआईसी एशियाबाट सिकौ
खाता खोल्नमात्र होइन, अनलाइनमार्फत डिपोजिट राख्नेबारे सूचना लिन, सेयरका लागि अप्लाई गर्न, डिम्याट खाता खोल्न, र कर्जाका लागि आवेदन दिन पनि हजारौं ग्राहकहरुले अनलाइन सिष्टम नै प्रयोग गरिरहेको पाइएको छ । कर्जा प्रक्रियाका लागि चाहिने कागजी विवरणदेखि कर्जा प्रक्रिया कहाँ पुग्यो भन्ने तथ्यसम्म यो बैंकले दिएको सेवा धेरैले रुचाएको विषय हो । अनलाइनबाट नै सबै काम गर्न पाइने भएपछी बैंकमा गएर किन लाइन बस्ने भन्ने विषय बुझेकाहरुले अहिले एनआईसी एशियाकै सेवा लिने गरेको पाइएको छ ।

हरेक काम अनलाइनमा गराउने निजी स्तरको बैंकमा एनआईसी एशिया पहिलो नम्बरमै देखिएको छ । ग्राहकलाई चाहिने सुविधा हो, र सुविधामा पनि सहजता महत्वपूर्ण कुरा हो भन्ने तथ्य बुझेको एनआईसी एशियाको टिमले डिजिटल बैंकिङमा ठुलो मेहेनतसमेत गरेको छ। बैंकको अनलाइन बैंकिङ सिष्टम, अनलाईन पेमेन्ट वालेट, अनलाइनमै कर्जा आवेदन दिन मिल्ने सिष्टम लगायतका सिष्टमहरु ग्राहकहरु माझ लोकप्रिय हुँदै गएका छन् । अझ अर्को तथ्य भनेको तपाईंको व्यवसायका लागि क्यु आर चाहियो भने पनि बैंकबाट अनलाइनमै आवेदन दिन सकिन्छ । बैंकमा गएर अप्लाई गर्नुभन्दा अनलाइनमार्फत नै अप्लाई गरेर छिटो सेवा लिन सकिने व्यवस्था भएपछी यसबाट धेरै व्यवसायीहरु लाभान्वित भएका छन् भन्दा फरक पर्दैन ।

ग्राहकमैत्री ‘सपोर्ट सिष्टम’मा एनआईसी एशिया बैंक ।
डिजिटल सेवा वा प्राविधिको प्रयोग गरी लिइने सेवामा सबैभन्दा महत्वपूर्ण कुरा भनेकै ग्राहकको सन्तुष्टी हो । केहि बर्षअघिसम्म सानो समस्या पर्दा पनि बैंक नै पुग्नुपर्ने बाध्यता थियो । बैंक पुगेर, पालो कुरेर आफ्नो काम सबै छोडेर सानो कामका लागि घन्टौं कुर्नुपर्ने अवस्था थियो ।

तर अहिले अवस्था फरक छ। एनआइसी एशिया बैंकको सपोर्ट सिष्टममा तपाईंले आफ्नो समस्या राख्नुभयो भने त्यसको छुट्टै डिजिटल टिकेट ‘क्रिएट’ हुन्छ । त्यसपछि बैंकको सपोर्ट टिमले त्यसलाई हेरेर तपाईंलाई रेस्पोन्स गर्छ । अर्थात तपाईंको समस्यालाई बैंकको सपोर्ट टिमले तुरुन्त समाधान गर्ने प्रयास गर्छ । अहिले अनलाइनमार्फत नै आफ्ना केहि समस्या भए राख्ने र त्यसको सकेसम्म छिटो समाधान पाउने ग्राहकहरुको संख्या ठुलो छ । यो प्रयोगको मामलामा पनि एनआईसी एशिया बैंक निकै अगाडी र अब्बल छ । र त ग्राहकमैत्री यो सिष्टम निकै लोकप्रिय हुँदैछ ।

सबैभन्दा सजिलो बैंक एनआईसी एशिया
आजकल बैंकिङ कारोबार गर्ने तर कम्प्युटर नचलाउने मान्छे कम नै छन् । भएपनि आफन्त, घर परिवारमा अकम्प्यूटर वा मोबाइल चलाउन नजान्ने कोहि छैन भन्दा पनि हुन्छ । प्रविधिमा थोरै पनि रुची राख्नेहरुले सबै काम अनलाइनमार्फत नै गर्न सक्छन्। एनआईसी एशिया बैंकको वेव साइटमार्फत अनलाइन खाता खोल्नेदेखि अनलाइन कर्जा आवेदन दिने कामसम्म अनलाइनमार्फत नै हुन्छ ।

त्यतिमात्र होइन, केहि समस्या परे अनलाइनमार्फत नै गुनासो टिपाउन र त्यसको समाधानका लागि पहल गर्न सकिन्छ । एनआईसी एशिया बैंकको वेवसाइटमा गएर आफुलाई चाहिएको सेवा हेर्ने हो भने बैंक नै नगए पनि हुने अवस्था छ । भन्दा फरक पर्दैन ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा