बैंक नेपाल बैंक लिमिटेडको वीरगन्ज स्थित आदर्शनगर शाखाका ग्राहक राजु कुमार केसीले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रम “क्यूआर को गुन, एक तोला सुन” अन्तरगत एक तोला सुन उपहार गरेका छन ।
बैंकको आदर्शनगर शाखामा २७ गते बिहिबार आयोजित उपहार हस्तान्तरण कार्यक्रममा बैंकका मधेस प्रदेश कार्यालयका प्रमुख शिवराम मिश्रले एक तोला सुन उपहार विजेता केसीलाई हस्तान्तरण गरेका छन । सो हस्तान्तरण कार्यक्रममा बैंकका सिटी अफिस वीरगञ्ज शाखाका शाखा प्रवन्धक होमनाथ दाहाल, आदर्शनगर शाखाका शाखा प्रवन्धक रामबाबु कुमार लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा उपहार विजेता केसीले नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विभिन्न कारोबार गर्दा उपहार स्वरुप सुन पाउँदा आफुलाई धेरै खुशी लागेको तथा आफ्ना साथीभाई, नातागोता र छरछिमेकीलाई समेत नेपाल बैंक लिमिटेडको मोबाइल एप प्रयोग गर्न सुझाब दिने कुरा व्यक्त गरेका थिए ।
त्यसैगरि नेपाल बैंकका मधेस प्रदेश कार्यालयका प्रमुख शिबराम मिश्रले उपहार बिजेतालाई बधाई दिंदै नेपाल बैंकको मोवाईल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुको संख्या दिन प्रतिदिन उल्लेख्य रुपमा बढ्दै गएको जानकारी गराउदै प्रभावकारी ग्राहकसेवा दिन बैंक प्रतिबद्द रहेको बताए ।
नेपाल अधिराज्यभरी २१३ शाखाहरु, १४८ वटा एटिएम र ४९ वटा एक्सटेन्सन काउण्टर लगायत करिब २५०० कर्मचारीहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको नेपाल बैंक आज नेपालको स्वस्थ र सबल बैंकको रुपमा अगाडि बढिरहेको छ ।