• होमपेज
  • विकास बैंक
  • सांग्रिला डेभलपमेन्टको शाखा रुकुम पश्चिमको चौरजहारीमा

सांग्रिला डेभलपमेन्टको शाखा रुकुम पश्चिमको चौरजहारीमा

  • सोमवार, फाल्गुन २, २०७८
सांग्रिला डेभलपमेन्टको शाखा रुकुम पश्चिमको चौरजहारीमा

सांग्रिला डेभलपमेन्ट बैंकले चौरजहारी नगरपालिका वडा नं. २, रुकुम (पश्चिम) मा नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले सोमबार सो शाखा संचालनमा ल्याएको जनाएको छ।

चौरजहारी शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ् सुविधा पुग्ने विश्वास बैंकले लिएको छ।

योसँगै बैंकको कुल शाखा संख्या १०८ पुगेको बैंकले जनाएको छ।

बैंकले हरेक सम्भावित क्षेत्रमा ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाए जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार