• होमपेज
  • शेयर मार्केट
  • मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पर्खाइमा लगानीकर्ता

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पर्खाइमा लगानीकर्ता

  • सोमवार, फाल्गुन २, २०७८
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पर्खाइमा लगानीकर्ता

नेपाली धितोपत्रको दोस्रो बजारका लगानीकर्ताहरु अहिले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पर्खाइमा रहेका छन्। नेपाल राष्ट्र बैंकले यही साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारी थालेसँगै लगानीकर्ताहरु समीक्षामा के आउने हो भन्ने पर्खाइमा पुगेका हुन्।

बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएसँगै उच्च दरले घटेको बजारमा अब मौद्रिक नीतिको समीक्षाले केही मलम लगाउने अपेक्षा लगानीकर्ताहरुले गरेका छन्। तरलता सहज गराउने केही नीति केन्द्रिय बैंकहरुले अपनाउने लगानीकर्ताहरुको अपेक्षा रहेको छ। तरलता सहज भएमा बजारमा सकारात्मक प्रभाव पर्ने भएकोले लगानीकर्ताहरु अहिले समीक्षा पर्खन थालेका जानकारहरु बताउँछन्।

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ०.०८ अंक बढेर २७००.९८ विन्दुमा पुगेको छ। नेप्से सूचक बढेपनि यस दिन सेन्सेटिभ इण्डेक्स ०.३६ अंक, फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक घटेको छ।

यस दिन २२७ कम्पनीको ४९ हजार ८८२ पटकको कारोबारमा ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँ बराबरको ७५ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएको बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ८.१३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन सपोर्ट माइक्रोफाइनान्सर नेशनल हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ३.८५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीले बोनस वितरणपश्चात हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारण सभामा लगेसँगै लगानीकर्ताहरु त्यसतर्फ आकर्षित भएका हुन्। यस दिन सो कम्पनीको करिब ५५ करोडको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल टेलिकम र अरुण भ्याली हाइड्रोपावरको १५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेका छन् भने ५ उपसमूहको परिसूचक घटेका छन्। यस दिन लगानी उपसमूहको परिसूचक भने स्थिर रहेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक अन्यको तुलनामा बढी अर्थात ०.६१ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशत घटेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि