• होमपेज
  • विकास बैंक
  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई हेभन्ली स्पामा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई हेभन्ली स्पामा छुट

  • बिहिबार, माघ २७, २०७८
महालक्ष्मी विकास बैंकका ग्राहकलाई हेभन्ली स्पामा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकले हेभन्ली स्पाको सेवा लिँदा छुट पाउने भएका छन् । यसका लागि आज बैंक र कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत् भुक्तानी गर्ने ग्राहकले कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गरेवापत छुट पाउनेछन् ।

बैंकले हाल विभिन्न प्रदेशमा गरी १०३ वटा शाखा कार्यालयमार्फत् ६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार