• होमपेज
  • देश
  • सूर्या लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको दावी भुक्तानी

सूर्या लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको दावी भुक्तानी

  • शुक्रबार, माघ २१, २०७८
सूर्या लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको दावी भुक्तानी

सूर्या लाइफ इन्स्योरेन्सले घातक रोग वापतको दावी भुक्तानी गरेको छ । कम्पनीले १० लाख बराबरको घातक रोग विरुद्धको दावी रकम इस्मा गा.पा. वडा नं. ४ गुल्मीका बीमित मधु खत्रीलाई हस्तान्तरण गरेको हो ।

खत्रीले रु १० लाख बीमाङ्कको बीमालेख लिएको १ बर्ष बिते लगत्तै मृगौला फेल भएको र कम्पनीले १८ घातक रोगहरु को रक्षावरण हुने गरी घातक रोग सुविधा प्रदान गर्ने गरेकोमा निज खत्रीले बीमाशूल्क रकममा थप रु. १६९० भुक्तान गरी घातक रोग सुविधा लिएकोले कम्पनीले घातक रोग बापतको बीमाङ्क रु. १० लाख खत्रीलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । उक्त दावी पश्चात पनि उनको पोलिसीमा घातक रोग बाहेको सम्पूर्ण सुविधा यथावत रहि निरन्तर रहने कम्पनीले उल्लेख गरेको छ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रवन्धक नरोत्तम ढकाल , दावी बिभाग प्रमुख राजु राजचल र दावी बिभागका कर्मचारी तारणी कटुवालको उपस्थितिमा मधु खत्रीलाई प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले चेक हस्तान्तरण गरेका हुन् । घातक रोग विरुद्धको यस सुविधा बापत प्राप्त उक्त रकमले उनको उपचारमा सहयोग पुग्ने विश्वास प्रमुख कार्यकारी अधिकृतले व्यक्त गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि