• होमपेज
  • बीमा
  • “सिटिजन खबर” जर्नल प्रकाशित

“सिटिजन खबर” जर्नल प्रकाशित

  • सोमवार, माघ १०, २०७८
“सिटिजन खबर” जर्नल प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौंमा रहेको होटेल याक एण्ड यतीमा एक कार्यक्रम बिच “सिटिजन खबर” नामक जर्नलको विमोचन गरेको छ । कम्पनीले कार्तिक २ गते आफ्नो गौरवमय चार वर्षे यात्रा सम्पन्न गरे सँगै, सो अवधिसम्मका याद्गार पलहरुलाई सधैको लागि साच्न सकियोस भनेर यिनै पलहरुको समीक्षा स्वरुप यस जर्नल “सिटिजन खबर” लिएर आएको कम्पनीले जनाएको छ । बीमाको सचेतना तथा सु–समाचार सहित कम्पनीका बिगतका सम्झनाका साथै यस जर्नलमा कम्पनीका व्यवसायिक उपलव्धिहरु, प्रगति विवरणहरु, विभिन्न क्रियाकलापहरु, साथै सिटिजन लिडर्सहरुको लेख पनि समावेश गरिएको छ ।

सिटिजन खबरको विमोचन यस कम्पनीका अध्यक्ष प्रदिप जङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख सञ्चालन अधिकृत तथा रणनीति प्रमुख दशरथ मणी खड्का, नायव महाप्रवन्धक दिप बहादुर बि. सी. साथै प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालले संयुक्त रुपमा गरेका थिए । यस जर्नलको प्रिन्ट प्रतिलिपि कम्पनीको प्रमुख कार्यालय लगायत विभिन्न शाखा कार्यालयहरुमा उपलब्ध छ र डिजिटल प्रतिलिपी कम्पनीको वेबसाईटमा पनि उपलब्ध छ । साथै आउने दिनहरुमा पनि यस जर्नलको प्रकाशन जारी रख्ने कम्पनीले जनाएको छ ।

हरेक परिस्थितिलाई अवसरको रुपमा लिदै आइरहेको यस कम्पनीले आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउने उद्धेश्यका साथ विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ । साथै जीवन बीमा सेवालाई सर्व सुलभ रुपमा हरेक नेपालीको पहुंचमा पु¥याइ उत्कृष्ट इन्स्योरेन्स कम्पनी बन्ने कम्पनीको यस यात्रामा सबैको साथ र खुशीका पलहरु सिर्जना गर्न सहयोगको अपेक्षा रहेको कम्पनीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा