चालु आर्थिक वर्षको ६ महिनासम्ममा माछापुच्छ्रे बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफमा आएको सुधारले नाफा बढुन सहयोग पुगेको देखिएको छ । बैंकको खुद ब्याज आम्दानी १३.०९ प्रतिशतले बढेर २ अर्ब २४ करोड ८७ लाख ५५ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा २५.६३ प्रतिशतले बढेर १ अर्ब ४५ करोड १२ लाख ६० हजार रुपैयाँ रहेको छ ।
१० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ्र२ अर्ब ८६ करोड ४४ लाख १५ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७१ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ५० पैसा रहेको छ ।