• होमपेज
  • वाणिज्य बैंक
  • ६ महिनामा एनआइसी एशिया बैंकको नाफा २ अर्ब ४० करोड

६ महिनामा एनआइसी एशिया बैंकको नाफा २ अर्ब ४० करोड

  • शुक्रबार, माघ ७, २०७८
६ महिनामा एनआइसी एशिया बैंकको नाफा २ अर्ब ४० करोड

एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्ममा २ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो ।

पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक बनेको एनआइसी एशिया नाफामा पनि पहिलो हुने अनुमान गर्न सकिन्छ । बैंकहरुले कर कार्यालयलाई बुझाएको विवरणअनुसार एनआइसी एशिया नाफामा पनि पहिलो स्थानमै छ ।

बैंकले २०७८/७९ को पुस मसान्तसम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम २ खर्ब ७३ अर्ब ४६ करोड पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (२२.०४ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन २ खर्ब ९९ अर्ब ३४ करोड पुर्याउन बैंक सफल भएको छ ।

यसैगरी बैंकको स्व-पुँजीमा प्रतिफल (आरओई) २१.७७ प्रतिशत रहेको छ । साथै, प्रतिशेयर आम्दानी ४१.४३ रुपैयाँ आर्जन गर्न बैंक सफल भएको छ । कोभिड-१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई दोस्रो त्रयमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रयमाससम्ममा ५ लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै ३३ लाख भन्दा बढी खाताहरू मार्फत ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।

साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ । बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आ.व. २०७८/७९ को प्रथम त्रयमासमा वासलातको आकार, कर्जा, निक्षेप, सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था पछिको), खुद नाफा, स्व–पूँजीमा प्रतिफल, प्रति शेयर आम्दानी, शाखा कार्यालय, एटिएम र ग्राहक संख्यामा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (प्रति शेयर आम्दानी र ग्राहक संख्यामा निजी बैंकहरूमा पहिलो) ओगट्न सफल भएको थियो ।

बैंकले देशभर ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत् सेवा दिन बैंक सफल भएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार