• होमपेज
  • शेयर मार्केट
  • शेयर बजार आज पनि बढ्यो, ७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

शेयर बजार आज पनि बढ्यो, ७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

  • सोमवार, पुस २६, २०७८
शेयर बजार आज पनि बढ्यो, ७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

शेयर बजार आज पनि बढ्यो, ७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबारशेयर बजार परिसूचक नेप्से आज सोमवार पनि बढेको छ । हिजो आइतवार ७३ अङ्कले बढेको शेयर बजार आज १९ दशमलव ४३ अङ्कले बढेर दुई हजार सात सय ८४ दशमलव ९५ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, होटल–पर्यटन र उत्पादन समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै दुई सय १८ अङ्कले बढेको छ । त्यस्तै निर्जीवन बीमा समूहको शेयर एक सय ९०, अन्यको एक सय १३, फाइनान्सको ७८, व्यापारको ५७ र जलविद्युत् समूहको शेयर ४० अङ्कले बढेको छ ।

आज दुई सय ३६ कम्पनीका एक करोड ४२ लाख कित्ता शेयर सात अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको २२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज मध्यभोटेकोसीको शेयरमा सकारात्मक सर्किट लागेको छ । युनियन हाइड्रो र कर्पोरेट विकास बैंकको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि