• होमपेज
  • प्रविधि
  • इसेवाले सुरु गर्‍यो ‘सेक्योर्ड ट्रान्सफर’ सेवा

इसेवाले सुरु गर्‍यो ‘सेक्योर्ड ट्रान्सफर’ सेवा

  • आइतवार, पुस २५, २०७८
इसेवाले सुरु गर्‍यो ‘सेक्योर्ड ट्रान्सफर’ सेवा

मोबाइल वालेटमा इसेवाले नेपालमै पहिलोपटक ‘सेक्योर्ड ट्रान्सफर’ सेवा सुरु गरेको छ। यो सेवाको प्रयोग गरी नचिनेको व्यक्तिलाई समेत सुरक्षित रूपमा रकम तथा सामान उपलब्ध गराउन सकिने इसेवाले जनाएको छ। इसेवा प्रयोगकर्ताहरुले अर्को इसेवा वालेटमा सुरक्षित रूपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ। एक हजार रुपैयाँभन्दा माथिको रकम पठाउँदा यो सेवा उपयोग गर्न सकिन्छ।

‘अहिले तपाईंलाई सामान दिन्छु भन्ने, इसेवामा पैसा हाल्न लगाउने तर सामान नदिने काम भइरहेको छ,’ इसेवाका चिफ म्यानेजर आशिष गौतमले भने, ‘त्यस्तो कामलाई कम गर्न सेक्योर्ड ट्रान्सफर फीचर ल्याएका हौं, सामान डेलिभरी भएपछि मात्र रकम रिलिज हुनेछ।’

सामान डेलिभरी भइसकेपछि पैसा पाउने व्यक्तिले रिक्वेस्ट बटनमा क्लिक गर्नुपर्ने र त्यो सूचना पैसा पठाउने व्यक्तिलाई जाने इसेवाले जनाएको छ।

सामान वा सेवा पाएपछि मात्रै पैसा पठाउने व्यक्तिले उक्त रकम रिलिज गर्नुपर्नेछ। यदि सामान पठाएको र नपाएको भन्दै विवाद भएमा प्रमाणसहित कम्प्लेन गर्न सकिने सुविधा इसेवाले विकास गरेको छ। यसले ठगीका घटनामा कमी ल्याउने इसेवाको विश्वास छ।

प्रयोगकर्ताहरुले यो सुविधा सःशुल्क प्रयोग गर्न पाउने छन्। एक हजारदेखि पाँच हजार रुपैयाँसम्मको कारोबार गर्दा पाँच रूपैयाँ शुल्क लाग्ने छ भने पाँच हजारदेखि माथिको पैसा पठाउँदा १० रूपैयाँ शुल्क लाग्ने इसेवाले जनाएको छ। सामान नपाएको र पठाएको विवाद भएमा त्यस्तो अवस्थामा सय रूपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ।

यो सेवा अटोम्याटिक वा म्यानुअल दुवै तरिकाले प्रयोग गर्न सकिन्छ।

Facebook Comments

सम्बन्धित समाचार