• होमपेज
  • विचार/ब्लग
  • अद्धितीय पर्यटकीय स्थल लुम्बिनी

अद्धितीय पर्यटकीय स्थल लुम्बिनी

  • आइतवार, पुस १८, २०७८
अद्धितीय पर्यटकीय स्थल लुम्बिनी

संसारभरी करिब साढे २ अर्ब बौद्ध मार्गीहरु छन् । लुम्बिनी केबल बौद्ध मार्गीहरुमा मात्र नभई सम्पूर्ण शान्ति प्रेमीहरुको आस्थाको धरोहर हो लुम्बिनी । लुम्बिनी क्षेत्र भन्नाले केबल लुम्बिनी मात्र नभई ३ वटा जिल्लामा फैलिएका भगवान गौतम बुद्ध र उहाँ भन्दा अगाडीका दुई वटा प्रचीन बुद्ध (पौराणीक बुद्ध)हरुको जीवनसंग प्रतक्ष्य वा परोक्षरुपमा सम्बन्ध राख्ने स्थहरु यो बृहत्तर लुम्बिनी क्षेत्र भित्र पर्दछ । ई.पू ६२३ मा भगवान शाक्य गौतमबुद्धको जन्म भएको थियो ।

यहाँबाट ३० किलोमिटर पश्चिममा कपिलबस्तुमा अरु २ वटा महत्वपूर्ण स्थलहरु छन् । पहिले प्रपुसन्न बुद्धको जन्मस्थल गोटीहवा र दोस्रो कनकमणी बुद्धको जन्मस्थल निक्लीह पनि त्यहा रहेको छ । जसले गर्दा यसलाई एउटा मात्र बुद्धको जन्मस्थल मान्न सकिदैन । यो पबित्र स्थल ३ वटा बुद्धको जन्मस्थल हो भन्दा आश्चर्य मान्नु पर्दैन ।

पाँच बुद्धहरु
भद्रकल्पमा ५ वटा बुद्धहरु यो धर्तीमा पर्दारोपण हुनुपर्ने भनी बौद्धधर्म ग्रन्थहरुमा लेखिएको छ । जसमा पहिलो बुद्ध प्रपुसन्न बुद्ध उहाँ छिमिेकी जिल्ला कपिलबस्तुको गोटिहवा, दोस्रो बुद्ध कनकमणी बुद्ध निम्लीहमा जन्मनु भयो, तेस्रो बुद्ध कश्यप बुद्ध हुनुहुन्थ्यो उहाँ भारतको बनारसमा जन्मनु भएको थियो र करिब २६०० वर्ष अगाडी इर्पू ६२३ मा लुम्बिनीमा जन्मनु भएको शाक्यमुनी बुद्ध चौथो बुद्ध हुनुहुन्छ । साथै पाँचौ बुद्ध मैत्रिय बुद्ध पनि जुन भद्रकल्पमा बताइएको छ उहाँ महाकरुणाकोरुपमा मैत्रिय बुद्धको जन्म यही स्थलमा हुनेछ । अर्को तर्फ ३० किलोमिटरको क्षेत्रफल भित्र ३ वटा बुद्धको जन्म भएको स्थल कही कतै पनि छैन ।

शान्तिका प्रणेता गौतम बुद्ध जन्मभूमि लुम्बिनी यतिखेर विश्वकै अनुपम गन्तव्यका रुपमा स्थापित बन्दै गएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई देशविदेशमा चिनाउनका लागि सरकारबाट विभिन्न प्रयास भइरहेका छन् । सांस्कृतिक पर्यटकीय गन्तव्य लुम्बिनीलाई पर्यटकीय विकासमा हामी सबैले साथ र सहयोग गर्नै पर्छ ।

लुम्बिनी क्षेत्रमा रहेका विभिन्न धरोहरमध्ये मायादेवीको मन्दिर प्रमुख आकर्षण हो । बुद्धको जन्मदृश्यसहितको प्राचीन मायादेवीको मूर्ति यहाँ आउने जोकोहीले निकै चासो र श्रद्धाका साथ हेर्ने गरेका छन् । मन्दिरभित्र इपू पाँचौंँदेखि सातौंँ शताब्दीसम्मको भग्नावशेष रहेको छ । विभिन्न शताब्दीमा निर्मित मन्दिरका विभिन्न तहले यहाँको महत्व तथा प्राचीनतालाई पुष्टि गर्ने गरेको लुम्बिनी विकास कोषका निमित्त उपाध्यक्ष सुरेन्द्र मुनी शाक्यले बताउनुभयो ।

मन्दिरभित्रको बुद्ध जन्मस्मारक शिला यहाँको अर्को आकर्षण हो जुन एक गहिरो कोठामा छ । मायादेवी मन्दिरको सघन उत्खननपछि सन् १९९६ मा नवजात सिद्धार्थले टेकेको ढुङ्गा पत्ता लागेको हो । मन्दिरकै भित्र चौधौँ शताब्दीमा निर्मित मायादेवीको प्रसवास्था मूर्तिले सिद्धार्थको जन्म दृश्यलाई देखाएको छ । मूर्तिमा मायादेवीले सहाराका लागि दाहिने हातले रुखको हाँगो समातेको तथा देब्रेतर्फ उहाँकी बहिनी प्रजापति उभिनुभएको छ ।

त्यस्तै दुई देवगण भगवान स्वागतका लागि तयारी अवस्थामा देखिन्छन् भने नवजात सिद्धार्थको मूर्ति बीचमा देखिएको छ । मायादेवी मन्दिर परिसरमा रहेको इपू २४९ मा मगध सम्राट् अशोकले भारतको चुनारबाट ल्याएर यहाँ गाडेका अशोक स्तम्भ जहाँ शाक्यमुनीको जन्म भएको हो भनेर ब्रह्मण लिपी र पालिप भाषामा कुदिएको छ । यो शिलालेखमा अकाट्य रुपमा लेखिएको छ की बुद्ध लुम्बिनीमा नै जन्मीएका थिए र बुद्ध पनि हामी जस्तै मानब नै थिए । स्तम्भको दक्षिणमा सिद्धार्थलाई पहिलो स्नान गराइएको सिद्धार्थ पोखरी यहाँका अन्य आकर्षण हुन् ।

लुम्बिनी र आसपासमा धम्म जननी ध्यान केन्द्र, पण्डितरामा ध्यान केन्द्र र लद्घाक ध्यान केन्द्र छन् भने राजकीय थाई विहार, महाबोधि समाज विहार कोलकाता, म्यानमा गोल्डेन स्तूप तथा विहार, अन्तरराष्ट्रिय भिक्षुणी विहार नेपाल, श्रीलङ्का विहार, द ग्रेट लोटस स्तूप जर्मनी, सिङ्गापुर विहार, लिन्सन विहार फ्रान्स, युनाइटेड टुंग्राम विहार नेपाल, भियतनामी विहार, अस्ट्रियाली विहार, चिनियाँ विहार, कोरियाली विहार, डुबक्युड छोलिङ विहार नेपाल, कर्मा स्याङ्तेन लिङ नेपाल र विश्व शान्ति स्तूप जापान छन् । लुम्बिनीमा नै लुम्बिनी सङ्ग्रहालय र लुम्बिनी अन्तरराष्ट्रिय अनुसन्धान संस्था पनि छन् ।

प्राकृतिक एवम् जैविक विविधताले पनि सम्पन्न यस क्षेत्रमा विभिन्न प्रकारका फूल, रुख तथा आयुर्वेदिक महत्वका वनस्पति पाइन्छ । चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक यहाँ दुर्लभ प्रजातिको सारसलगायत २५० प्रजातिका चराका साथै दुर्लभ वन्यजन्तु अजिङ्गर, नीलगाई आदि यहाँ पाइन्छ । जसकारण यसलाई संसारकै अद्धितीय पर्यटकीय स्थल हो भन्दा फरक नपर्ला ।

के हो लुम्बिनी बृहत्तर विकास ?
जापानका प्रा केन्जो टाँंगेलाई १९७२ मा लुम्बिनी गुरुयोजना बनाउन जिम्मा दिइएको थियो । पछि १९७८ मा यसलाई संयुक्त राष्ट्र र नेपाल सरकारले संयुक्त रुपमा अनुमोदन ग¥यो । त्यसपछि लुम्बिनी विकास कोषको स्थापना सन् १९८५ मा गरियो । लुम्बिनी विकास कोषले त्यसपछि सन् १९७८ मा अनुमोद भएको गुरुयोजना कार्यान्वयन गर्दै आएको छ । यो गुरुयोजनाको जम्मा क्षेत्रफल ३ वर्ग माइल रहेको छ । उत्तरबाट दक्षिण तिर ३ माइल र पूर्वबाट पश्चिम तिर १ माईल रहेको छ । यो ३ वर्ष माइल क्षेत्रलाई ३ भागमा विभाजन गरिएको छ । पहिलो पवित्र उद्यान, दोस्रो विहार क्षेत्र, तेस्रो नयाँ लुम्बिनी ग्राम गरी विभाजन गरिएको छ । बोद्ध धर्मका विभिन्न सिद्धान्तहरुलाई आत्मसाथ गरि विभाजन गरिएको बुद्ध, धर्म र संगमको प्रतिकका रुपपमा यि ३ भागलाई बुझाइएको छ ।

पवित्र उद्यान
इपू ६२३ मा सिद्धार्थले जन्मनासाथ सात पाइला हिँड्दै मनुष्य जातिका लागि यसै ठाउँबाट युगान्तकारी उद्गार प्रकट गरेका थिए । यही बुद्धजन्मस्थल अहिले संसारभर नै बौद्धमार्गीको तीर्थस्थल एवम् विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । इर्पू १९९७ मा विश्व सम्पदा सूचिमा सूचिकृत भएको थियो । उत्तरतिरबाट घुम्दै आउँदा पहिला भौतिक, बौद्धिक, धार्मिक हुँदै आध्यात्मिक संसारमा भगवान गौतम बुद्धको दर्शन गर्नाले आश गरेको फल प्राप्त गर्न सकिन्छ भन्ने विश्वास रहेको छ ।

विहार क्षेत्र
यसले बौद्धिक संसारलाई जोड्ने काम गर्दछ । यो विहार क्षेत्रलाई केन्द्रीय नहरले पूर्वी विहार क्षेत्र र पश्चिम विहार क्षेत्र गरी दुई वटा क्षेत्रमा विभाजन गरेको छ । पूर्वी विहार क्षेत्र थेरावादी बौद्धहरुको लागि छुट्याइएको छ । भने पश्चिम विहार क्षेत्र महायानीहरुको लागि छुट्याइएको क्षेत्र हो । कालान्तरमा थेरावादी राष्ट्रहरुले पूर्वी क्षेत्रमा १३ विहारहरु बनाउछन् भने महायानी राष्ट्रहरुले पश्चिमी क्षेत्रमा २९ वटा गरी जम्मा ४२ वटा अन्तराष्ट्रिय विहारहरु बन्नेछन् । लुम्बिनी विश्व सम्पदा भएको हुनाले यसमा केबल नेपालको मात्र अधिकार छैन । यहाँ विश्वमा रहेका सबै शान्तिप्रेमीहरुको प्रतिनिधित्व हुने गरी ३० वटा विहारहरु बनेका र बन्ने क्रममा रहेका र बाकी विहारहरु बन्ने छन् ।

नयाँ लुम्बिनी ग्राम
नयाँ लुम्बिनी ग्राममा ३ किसिमका होटलहरुल रहेका छन् । यो भौतिक संसारको रुपमा रहेको छ भने लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय पनि यही रहेको छ । यो भौतिक संसारले लुम्बिनीलाई बाहिर संसारसंग जोड्ने काम गर्दछ ।

यो गुरुयोजनाको ८५% काम सम्पन्न भइसकेको छ भने अबको ३ वर्ष भित्रमा शतप्रतिशत काम सम्पन्न गरी यसलाई संसारकै अत्यन्तै सुन्दर, मनमोहित, व्यवस्थित गतव्य तीर्थस्थलको रुपमा विकास गर्न गइरहेको छौं । त्यसपछि लुम्बिीनी विकास कोषले यस्तै गुरुयोजना बनाउँदै कपिलबस्तुको देवदह, रामग्राम लगायतका क्षेत्रहरुमा कार्यान्वयन गर्नेछ ।

एक पटक जानै पर्ने रोवटिक थ्रेटर
पोखराबाट सुरु गरिएको गौतब बुद्धको जीवनीलाई ८ कालखण्डमा विभाजन गरी निकै कलात्मक ढंगबाट प्रस्तुत गरी गौतम बुद्धकै जीवनकाल महसुस हुनेगरी देखाइने सुचनात्मक, मनोरञ्जनात्मक, कलात्मक नाटक साच्चै नै एक अदभूत आनन्द दिने रंगमञ्च रहेको छ यो रोवटिक थ्रेटर ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि