• होमपेज
  • बीमा
  • डिजिटल बीमालेख जारी गर्ने पहिलो कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स

डिजिटल बीमालेख जारी गर्ने पहिलो कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स

  • बुधबार, पुस १४, २०७८
डिजिटल बीमालेख जारी गर्ने पहिलो कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “डिजिटल सिटिजन” अभियान अन्तर्गत डिजिटल (अभौतिक) बीमालेख सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु¥याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन “डिजिटल सिटिजन” अभियान अन्तर्गत डिजिटल (अभौतिक) बीमालेख सेवा सञ्चालनमा ल्याएको हो ।

अनिवार्य रुपमा भौतिक टिकट टाँस्नुपर्ने प्रावधानलाई सहज गर्दै बीमा समितिले बीमकले डिजिटल बीमालेख जारी गर्ने बाटो खुल्ला गरिदिए पछि, अभौतिक बीमालेख सञ्चालन गर्ने सिटिजन लाइफ इन्स्योरेन्स पहिलो कम्पनी हो । यस सेवाले कम्पनीको दक्षता बढाउनुका साथै, समयको बचत गराउँँदछ र कम्पनी र ग्राहक दुबैको लागी सजिलो वातावरण को सृजना गर्दछ ।

सिटिजन लाइफ इन्स्योरेन्सको “डिजिटल सिटिजन” अभियान अन्तर्गत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत २ बर्ष देखी सञ्चालनमा रहेको छ । यसका साथै अनलाईनबाट सजिलै दावी प्रकृया पनि अगाडी बढाउन सकिन्छ । कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको छ ।

ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालय सम्म आउनु पर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्व स्तरिय बनाउदै जाने क्रममा “डिजिटल सिटिजन” अभियान अन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले जानकारी गराए ।

यसका साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी घरमै बसेर बीमाशुल्क तिर्न सकिने व्यवस्थाको लागी e-Sewa, Fonepay, Connect IPS लगायतका डिजिटल बैकिङ्ग सुविधा र कम्पनीको बैंक खाताहरु उपलव्ध गराउनुका साथै ग्राहक तथा अभिकर्ताले कम्पनीसंगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि