• होमपेज
  • वाणिज्य बैंक
  • सहकारीका ग्राहकका लागि डेविट कार्ड जारी गर्न सनराइज बैंकको सहकार्य

सहकारीका ग्राहकका लागि डेविट कार्ड जारी गर्न सनराइज बैंकको सहकार्य

  • बुधबार, पुस ७, २०७८
सहकारीका ग्राहकका लागि डेविट कार्ड जारी गर्न सनराइज बैंकको सहकार्य

सनराइज बैंकले भिषा ब्राण्ड अन्तर्गत सहकारी संस्थाहरुका ग्राहकको लागि को-व्राण्डेड डेविट कार्ड जारी गर्न पायोनियर एसोसिएट्स प्रा.लि.(कोसिस सहकारी सफ्टवेयर), आइ मार्क प्रा. लि. तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिसंग सहकार्य गरेको छ ।

कार्ड तथा ई–बैंकिङ्ग क्षेत्रमा नयाँ आयाम थप्दै नेपाल सरकारको उद्देश्य अनुरुप तथा नेपाल राष्ट्र बैंकको प्राथमिकता बमोजिम डिजिटल भुक्तानीको क्षेत्रमा थप सेवा बिस्तार गरी डिजिटल बैंकिङ्गमा बढी भन्दा बढी सर्वसाधारणको पहुँच पु¥याउने उद्देश्य अनुसार बैंकले सहकार्य गरेको जनाएको छ ।

को-व्राण्डेड कार्ड जारी गर्ने बारे भिसा इन्टरनेसनलबाट समेत सहमती प्राप्त गरिसकेको र पहिलो चरणमा कार्ड जारी गर्नको लागी बिभिन्न चार सहकारी संस्थासंग सम्झौता गरिसकिएको छ भने प्राबिधिक सेवा प्रदायकहरुको सहकार्यमा सिस्टम तयार गरी परिक्षण युजर असेप्टेन्स टेस्टिंग समेत भइसकेको बैंकले जनाएको छ ।

बिद्यमान परिस्थीतीमा बिद्युतिय भुक्तानीलाई जोड दिंदै सहकारी संस्थाहरुलाई समेत लक्षित गरि नेपाल राष्ट्र बैंकले चालु आ.ब.मा जारी मौद्रिक निती मार्फत गरेको घोषणा “सहकारीका ग्राहक समक्ष समेत बिद्युतिय भुक्तानी सेवा पु¥याउन प्रोत्साहन गरिनेछ” लाई समेत यस परियोजनाले केही हदसम्म मुर्त रुप दिने बैंकले अपेक्षा राखेको छ । यस कार्यक्रमबाट बैंकिङ्ग क्षेत्रभन्दा बाहिर रहेका सिमान्तकृत बहुुसंख्यक जनसंख्या लाभान्वित हुने हुँदा वित्तिय समाबेशीतामा योगदान पुग्ने र डिजिटल कारोबारको कारणले आर्थिक पारदर्शीतामा समेत बृद्घी भई सम्पूर्ण अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने बिश्वास बैंकले लिएको छ ।
भिसा ब्राण्ड अन्तर्गत सहकारी संस्थाका ग्राहकहरुलाई भिसा डेबिट कार्ड जारी गर्ने यो परियोजना समग्र दक्षिण एशिया मा नै पहिलो अभ्यास भएको बैंकको दाबी छ । भुक्तानी कार्डको क्षेत्रमा यस परियोजनाले नेपाल मात्र नभई समग्र दक्षिण एशियाकै मार्गदर्शन गर्ने बैंकको विश्वास छ ।

यस परियोजनाका प्रमुख बिशेषताहरु निम्न बमोजिम रहेका छन्

क. यस परियोजना अन्तर्गत जारी हुने कार्ड मार्फत हुने कारोबारको लागी सन्राइज बैंकले मुख्यतः सेटलमेन्ट बैंकको भुमिका निर्वाह गर्नेछ । यसका अतिरिक्त कार्ड जारी गर्नको लागी सम्बन्धित कार्ड स्किम (भिसा इन्टरनेशलन) सँग आवश्यक पहल गरि बैंक आइडेन्टिफिकेसन नम्बर उपलब्ध गराउने तथा कार्ड पर्सनलाइजेसन गर्ने कार्य समेत सन्राइज बैंकले गर्नेछ ।

ख. यस परियोजना अन्तर्गत जारी हुने कार्डको लागी स्वीचिङ्ग सेवा प्रदान गर्ने कार्य नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लि. नेप्सले गर्नेछ ।

ग. आइ मार्क प्रा. लि. तथा पायोनियर एसोसिएट्स प्रा. लि. (कोसिस सहकारी सफ्टवेयर) ले सम्बद्घ सहकारी सँस्थाको कोर बैकिङ्ग सिस्टम, बैंकको कोर बैकिङ्ग सिस्टम र स्वीचिङ्ग सिस्टम बिच आवश्यक सञ्चार समन्वय गर्ने संरचना तयार गर्ने तथा कारोबार रुटिन ,कार्ड जारी गर्नु पूर्व गरिने ग्राहक पहिचानका गतिबिधि, इ के वाइसी लगायतका कार्यहरुको लागी आवश्यक प्राबिधिक सेवा प्रदान गर्नेछन् ।

घ. यस परियोजना अन्तर्गत जारी हुने कार्डहरु सन्राइज बैंकको स्वामित्वमा रहेको बैंक आइडेन्टिफिकेसन नम्बर अन्तर्गत जारी हुनेछन् भने सो कार्डहरु सम्बन्धित सहकारी संस्थामा रहेको कार्डबाहकको खातामा सोझै लिंक्ड हुनेछन् ।

ङ. आफ्ना ग्राहकहरुलाई डेबिट कार्ड जारी गर्ने सन्दर्भमा आबश्यक अन्य प्रकृया सम्बद्घ सहकारीले नै गर्नेछ भने कुनै पनि सहकारीलाई यस परियोजनामा सामेल गराउनुपूर्व सन्राइज बैंकले भरपर्दो तेस्रो पक्ष मार्फत सो सहकारीको ड्यु डेलिजेन्स गर्नेछ ।

च. यस परियोजना अन्तर्गत जारी हुने कार्डहरुको सुरक्षा तथा प्रयोगको हकमा हाल जारी भैरहेका डेबिट कार्डहरु भन्दा फरक नहुने गरी अन्तराष्ट्रिय रुपमै स्वीकार्य र प्रचलनमा रहेका सुरक्षात्मक उपाय र विशेषताहरु अनिवार्य रुपमा राखिएको छ भने संचालन जोखिम न्यूनिकरणका लागी विस्तृत संचालन बिधि तथा जोखिम न्यूनिकरणका उपाय तयार गरी लागु गरिसकिएको छ ।

यस परियोजना अन्र्तगत कार्ड जारी गर्न इच्छुक सहकारी संस्थाहरुले प्राविधिक सेवा प्रदायक पायोनियर एसोसिएट्स प्रा.लि.(कोसिस सहकारी सफ्टवेयर) वा सन्राइज बैंकमा सम्पर्क राखि सेवा प्राप्त गर्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने