• होमपेज
  • अटो
  • नयाँ सवारी ऐनः दुई पांग्रेको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने !

नयाँ सवारी ऐनः दुई पांग्रेको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने !

  • बिहिबार, पुस १, २०७८
नयाँ सवारी ऐनः दुई पांग्रेको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने !

एकपटक मोटरसाइकल चलाउनेसँगै पछाडि बस्नेले पनि हेलमेट लगाउनैपर्ने नियम बाध्यकारी गरेपछि ट्राफिक प्रहरीसँगै सरकारले निकै आलोचना खेप्नु परेको थियो। मोटरसाइकल चालक दुइटा हेलमेट लिएर यात्रा गर्दैनन्।

यो अव्यवहारिक मानिएको नियम फेरि लागू हुने भएको छ। मोटरसाइकल र स्कुटरका चालकसँगै यात्रा गर्ने अन्य यात्रुले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी ऐनमै व्यवस्था गरेर अनिवार्य हुन लागेको हो। इन्जिनयुक्त सवारी साधनमध्ये सर्वाधिक संख्यामा प्रयोगमा रहेको मोटरसाइकल र स्कुटर हो। यो सजिलो र सस्तो भएकाले धेरै छ।

सुरक्षाका लागि भन्दै यातायात व्यवस्था विभागले ऐनमा नै चालकसँगै पछाडि बस्ने यात्रुका लागि हेल्मेट अनिवार्य गर्न प्रस्ताव गरेको हो। ‘सवारी तथा यातायात व्यवस्था ऐन २०७७’ को ड्राफ्ट तयार भएर राय, सुझावका लागि कानुन मन्त्रालय पठाइएको छ।

उक्त ऐनमा ‘मोटर साइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालक र त्यस्तो सवारीमा यात्रा गर्ने अन्य यात्रुले सुरक्षा टोप (हेल्मेट) लगाउनु पर्छ,’ भनि उल्लेख गरिएको छ। तुलनात्मक रुपमा दुई पांग्रे सवारी साधनको दुर्घटना धेरै हुने र पछाडि बस्ने यात्रुको ‘हेड इन्जुरी’का कारण ज्यान जाने गरेको भन्दै हेल्मेट अनिवार्य गर्न लागिएको हो।

यस्तो हुन लागेको छ ऐनमाऐनमा चार पांग्रे सवारीमा चालक तथा अघिल्लो सीटमा बस्ने व्यक्तिले सुरक्षापेटी अनिवार्य बाध्नुपर्ने उल्लेख छ। चालकसँगै अघिल्लो भागमा बस्ने यात्रुले पनि अब सिट बेल्ट बाँध्नु पर्नेछ। त्यसैगरी सरकारले मध्यम तथा लामो दुरीमा संचालन हुने सवारी साधनमा यात्रा गर्ने यात्रुले सुरक्षापेटी लगाउनुपर्ने गरी तोक्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

महानगरीय ट्राफिक महाशाखाले २०६५ सालमा हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी गरेको थियो। केही समय प्रहरीले नियमलाई अनिवार्य गर्न पनि खोजेको थियो। चौतर्फी रुपमा आलोचना भएपछि असफल भयो।

त्यसपछि पनि पटक पटक हेल्मेट लगाउनुपर्ने विषयमा बहस हुने गरेको छ। तर विरोध भएपछि कार्यान्वयनमा जान सकेको छैन्। कतिपयले यसलाइ अवैज्ञानिक समेत भन्ने गरेका छन्। ‘ऐन नै नबनाइ कार्यान्वयन गर्न सकिने अवस्था थिएन। अब ऐनमा नै व्यवस्था भएपछि नमानेर हुन्छ ?,’ ती अधिकारीले भने,’गुणस्तर विभागले तोकेको आधारमा हेल्मेट लगाउनुपर्छ। ऐन आएपछि नलगाउनेलाई ट्राफिक प्रहरीले कारबाही गर्छ।’

आर्थिक सर्वेक्षण २०७७/७८ अनुसार नेपालमा दर्ता भएका कुल सवारीको संख्या ३९ लाख ८७ हजार २ सय ६७ छ। दर्ता भएकामध्ये १.४  प्रतिशत सार्वजनिक सेवाका बस छन्। ७९.३ प्रतिशत दुई पांग्रे सवारी छन्। यो करिब ३१ लाख ६२ हजार वटा मोटरसाइकल हो।

यस अघि हेल्मेट अनिवार्य गर्ने विषयमा अर्बौ रुपैयाको हेल्मेट बिक्री हुने भन्दै स्वार्थका आधारमा ल्याइएको नियम भन्दै विरोध गर्ने गरेका थिए।

यात्रुवाहक सवारीमा अपारदर्शी सिसा प्रयोग गर्न नपाइने 
ऐनमा यात्रुवाहक सवारी साधनमा अपारदर्शी सिसा राख्न नपाइने नियम प्रस्ताव गरिएको छ।

सरकारले सुरक्षाको दृष्टिबाट उपयुक्त ठहर्‍याएका सवारीमा बाहेक अन्य कुनै यात्रुवाहक साधनमा बाहिरबाट भित्र नदेखिने गरी अपारदर्शी सिसा राख्न वा सिसामा अन्य कुनै वस्तुको प्रयोग गरी अपारदर्शी बनाउन नहुने उल्लेख छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि