• होमपेज
  • शेयर मार्केट
  • निफ्राको ८.४२ प्रतिशत लाभांश बुधवार पारित

निफ्राको ८.४२ प्रतिशत लाभांश बुधवार पारित

  • मङ्लबार, मंसिर २८, २०७८
निफ्राको ८.४२ प्रतिशत लाभांश बुधवार पारित

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बुधवार अनुमप फुडल्याड एण्ड ब्याक्वेट बत्तिसपुतली काठमाडौंमा सम्पन्न भएको हो । सभाले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ ।

साथै सभाले २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारुति गर्ने र आव २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर ९ गते बन्द गरेको थियो । यस आधारमा कम्पनीको लाभांश मंसिर ९ गते सम्म कायम शेयरधनीले पाएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार