• होमपेज
  • वाणिज्य बैंक
  • ब्राण्ड एम्बेसेडर पल शाहको उपस्थितिमा एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ब्राण्ड एम्बेसेडर पल शाहको उपस्थितिमा एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  • आइतवार, मंसिर २६, २०७८
ब्राण्ड एम्बेसेडर पल शाहको उपस्थितिमा एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनएमबि बैंकको ब्राण्ड एम्बेसेडर रहेका लोकप्रिय युवा अभिनेता तथा समाजसेवी पल शाहको विषेश उपस्थितिमा विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंकले शनिबार मोरङको बुढीगंगा गाउपालिका स्थित टंकि सिनवारी शाखा र विराटनगरको महेन्द्र चौकस्थित प्रदेश कार्यालयको प्राङ्गणमा बैंकको वित्तीय योजनाका बारेमा जानकारी दिन दुई बेग्लाबेग्लै कार्यक्रमको आयोजना गरेको थियोे । सोही कार्यक्रममा लागि शाह विराटनगरमा उपस्थित भएको बैंकका प्रदेश १ प्रमुख श्री उत्सव घिमिरेले बताए  ।

शाहको उपस्थितिमा बैंकले शनिबार बुढीगंगास्थित शाखा अगाडि बिहान १० बजे र महेन्द्र चौकस्थित प्रदेश कार्यालय अगाडि १ बजे कार्यक्रमको आयोजना गरेको थियो । जसरी शाहले अभिनय संगै समाज सेवालाई पनि प्राथमिकतामा राखी कार्य गर्दै आएका छन त्यसरीनै एनएमबि बैकले पनि सामाजिक उत्तरदायित्वलाई मुलधारमा राखी कार्य गर्दै आईरहेको बताइएको छ ।

एनएमबि बैंकले सन् २००८ देखि नेपाली बैंकिङ क्षेत्रमा निरन्तर आफ्नो दरिलो उपस्थिति जनाउँदै आएको छ । “दि बैंक अफ दि इयर एसिया २०२१” जस्तो विश्व– प्रतिष्ठित अवार्डद्वारा सम्मानित एनएमबिलाई नेपाली वित्तीय क्षेत्रका लागि ठूलो उपलब्धिको रुपमा हेरिएको छ । यस भन्दा अघि २०१७, २०१८, २०२० मा पनि यस बैंकले फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट लगातार तीन वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाइसकेको बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार