एनएमबि बैंकको ब्राण्ड एम्बेसेडर रहेका लोकप्रिय युवा अभिनेता तथा समाजसेवी पल शाहको विषेश उपस्थितिमा विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंकले शनिबार मोरङको बुढीगंगा गाउपालिका स्थित टंकि सिनवारी शाखा र विराटनगरको महेन्द्र चौकस्थित प्रदेश कार्यालयको प्राङ्गणमा बैंकको वित्तीय योजनाका बारेमा जानकारी दिन दुई बेग्लाबेग्लै कार्यक्रमको आयोजना गरेको थियोे । सोही कार्यक्रममा लागि शाह विराटनगरमा उपस्थित भएको बैंकका प्रदेश १ प्रमुख श्री उत्सव घिमिरेले बताए ।
शाहको उपस्थितिमा बैंकले शनिबार बुढीगंगास्थित शाखा अगाडि बिहान १० बजे र महेन्द्र चौकस्थित प्रदेश कार्यालय अगाडि १ बजे कार्यक्रमको आयोजना गरेको थियो । जसरी शाहले अभिनय संगै समाज सेवालाई पनि प्राथमिकतामा राखी कार्य गर्दै आएका छन त्यसरीनै एनएमबि बैकले पनि सामाजिक उत्तरदायित्वलाई मुलधारमा राखी कार्य गर्दै आईरहेको बताइएको छ ।
एनएमबि बैंकले सन् २००८ देखि नेपाली बैंकिङ क्षेत्रमा निरन्तर आफ्नो दरिलो उपस्थिति जनाउँदै आएको छ । “दि बैंक अफ दि इयर एसिया २०२१” जस्तो विश्व– प्रतिष्ठित अवार्डद्वारा सम्मानित एनएमबिलाई नेपाली वित्तीय क्षेत्रका लागि ठूलो उपलब्धिको रुपमा हेरिएको छ । यस भन्दा अघि २०१७, २०१८, २०२० मा पनि यस बैंकले फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट लगातार तीन वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाइसकेको बैंकले जनाएको छ ।