• होमपेज
  • वाणिज्य बैंक
  • सनराइज बैंकको Sunrise Care सुबिधा

सनराइज बैंकको Sunrise Care सुबिधा

  • शुक्रबार, मंसिर २४, २०७८
सनराइज बैंकको Sunrise Care सुबिधा

स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौुं अभियानलाई आत्मसाथ गर्दै सनराइज बैंकले आफ्ना ग्राहक वर्गको सुविधाको लागि नविनतम् सुविधा युक्त अनलाइन प्लाटफर्म Sunrise Care सार्वजनिक गरेको छ । यस Sunrise Care प्लाटफर्म मार्फत सम्पुर्ण ग्राहक वर्गहरुले बैंकिङ्ग सम्बन्धी बिभिन्न सेवाहरु बैंक नगई अनलाइन मार्फतनै लिन सक्नु हुनेछ ।

Sunrise Care बिभिन्न बैंकिङ्ग सुविाधाहरु एकै ठाँउमा संकलित अत्याधुनिक अनलाइन प्लाटफर्म हो जस मार्फत ग्राहक वर्गहरुले डेबिट कार्डको Online account opening, PIN re-issue Green PIN Change, Ecommerce Update, Credit Card Statement, EMI Request, Payment Option Change, Mobile Banking Block/Unblock तथा अन्य धेरै सेवाहरुसगँ सम्बन्धी आवेदनहरु अनलाइन मार्फतनै दिन सक्नुहुनेछ । यसको लागी क्गलचष्कभ ऋबचभ को पोर्टल https://care.sunrisebank.com.np मा गई आफ्नो खाता नम्बर र आधिकारिक मोबाइल नम्बर राखी सहजै आवेदन गर्न सकिने छ ।

डिजिटल प्रबिधिको उपयोगसंगै वर्तमान कोभिड १९ को परिप्रेक्ष्यमा ग्राहक वर्गको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यस बैंकले आफ्ना ग्राहक वर्गको सहजता र सुरक्षाको हेतु एक नविन अनलाइन बैंकिङ्ग प्लाटफर्म उपलब्ध गराएको हो । आगामी दिनहरुमा यस Sunrise Care मा अन्य बैंकिङ्ग सेवाहरु पनि थप गरि यस प्लाटफर्मलाई अत्याधिनिक प्रविधियुक्त र प्रभावकारी बनाउदै लैजाने बंैकको उद्देश्य रहेको छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले १,५०० भन्दा बढि पोइन्ट अफ सेल (POS) मर्चेन्ट नेटवर्क, १६० एटिएम, १३९ बटा शाखाहरु, १२ एक्सटेन्सन काउण्टर, ८१ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको यस सन्राईज बैंक कार्ड पेमेन्ट क्षेत्रमा पनि अग्रणी बैंक हो । यस अनलाइन प्लाटफर्म Sunrise Care ले आफ्ना सम्पूण ग्राहक महानुभावहरु लाई थप लाभान्वित बनाउने आशा बैंकले लिएको छ र साथै भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउन सनराइज बैंक प्रतिबद्घ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा