• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स बैंकद्वारा आठ लाख भन्दा बढी नगद हस्तान्तरण

सिटिजन्स बैंकद्वारा आठ लाख भन्दा बढी नगद हस्तान्तरण

  • बुधबार, मंसिर २२, २०७८
सिटिजन्स बैंकद्वारा आठ लाख भन्दा बढी नगद हस्तान्तरण

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले दुई जनालाई नगद हस्तान्तरण गरेको छ । बैंकको लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा निज मृतकका श्रीमान् जब्बर अली तेली लाई ३ लाख ६५ हजार ७७४ रुपैयाँ र अर्का ग्राहक फूलमती कोरीको मृत्यु भएकामा निज मृतकका छोरा रामचन्द्र कोरी लाई ४ लाख ५४ हजार १२२ रुपैयाँ नगद हस्तान्तरण गरेको हो ।

उक्त रकम सिटिजन्स बैंकका  प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यही मंसिर २१ गते एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् । लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन बीमा गरेको हुनाले मृत्यु भएका ग्राहकको काजक्रिया खर्चसहित बैंकले बीमा कम्पनीमा रकम दावी गरि सो रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको हो ।

सिटिजन्स बैंकले २ वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाई मार्फत करिव १४ हजार विपन्न महिलाहरुलाई लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ११४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार