• होमपेज
  • रेमिटेन्स
  • ‘आइएमई डबलको डबलको डबल’ का बिजेतालाई कम्पनीले गर्यो साढे १२ लाख रुपैयाँको चेक हस्तान्तरण

‘आइएमई डबलको डबलको डबल’ का बिजेतालाई कम्पनीले गर्यो साढे १२ लाख रुपैयाँको चेक हस्तान्तरण

  • सोमवार, मंसिर १३, २०७८
‘आइएमई डबलको डबलको डबल’ का बिजेतालाई कम्पनीले गर्यो साढे १२ लाख रुपैयाँको चेक हस्तान्तरण

आइएमई डबलको डबलको डबल अफरको बम्पर भाग्यशाली बिजेतालाई आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका छन्।

दोलखाको वैतेश्वर गाउँपालिका-३ मैनापोखरीका जीवेश दाहालले उक्त पुरस्कार पाएका थिए। संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत एक लाख ५६ हजार ५५८ रुपैयाँ घर पठाएका थिए। बम्पर पुरस्कारमा दाहालले पठाएको रकमको आठ गुणा बढी अर्थात् १२ लाख ५२ हजार ४६४ रुपैयाँ पाएका छन्।

बम्पर पुरस्कार विजेता दाहालले प्राप्त रकम बाख्रापालन विस्तारमा उपयोग गर्ने प्रतिक्रिया दिएका थिए।  दाहालका घरपरिवारले दोलखामा बाख्रापालन गरिरहेको ग्रुपले जनाएको छ। ग्रुपले जीवेश दाहालको परिवारकी सदस्य सलिना चौलागाईं दाहाललाई चेक हस्तान्तरण गरेको छ।
आइएमई ग्रुपले २०७८ को ठूला चाडपर्वलाई लक्षित गर्दै ल्याएको आइएमई डबलको डबल अफरका विजेताहरु गत मंसिर दुईमा घोषणा गरेको थियो।

असोज १ देखि कात्तिक २६ गतेसम्म कुल ५७ दिनका लागि कायम अफरअन्तर्गत कुल आठ हप्तामा हरेक हप्ता दुईजनाका दरले १६ जना, दुई महिनामा मासिक दुईका दरले चार जना र बम्पर लक्की ड्रमार्फत् एकजना विजेता गरी कुल २१ जना लाभान्वित भएको ग्रुपले जनाएको छ।

यस्तै, आइएमई पेमार्फत् रेमिटेन्स भुक्तानी लिँदा दुई सय रुपैयाँ बोनस तत्कालै पाउने अफरबाट हजारौंले लाभ लिएका थिए। अफर अवधिमा विजेता छनोटका लागि कम्पनीले निश्चित सेवा र सर्तहरु निर्धारण गरेको थियो।

आइएमई ग्रुपका संस्थापक, कर्मचारी, आइएमईका व्यवसायिक साझेदार तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन रोक लगाइएको थियो।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि