• होमपेज
  • वाणिज्य बैंक
  • नबिल बैंक कर्मचारी संघको विशेष महाधिवेसन सम्पन्न

नबिल बैंक कर्मचारी संघको विशेष महाधिवेसन सम्पन्न

  • आइतवार, मंसिर १२, २०७८
नबिल बैंक कर्मचारी संघको विशेष महाधिवेसन सम्पन्न

नबिल बैंक कर्मचारी संघको विशेष महाधिवेसन सम्पन्न भएको छ । राजधानिमा सम्पन्न विशेष महाधिवेसनले प्रस्तावित विधानलाई पारीत गरेको हो ।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङ मार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तीय पहुँचलाई गाउँगाउँमा पुर्याउने लक्ष्य लिएको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मान गरेको उल्लेख गरे ।

नबिल बैंक कर्मचारी युनियनका अध्यक्ष सबिन भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा संघका पदाधिकारी एवं विभिन्न बैंक तथा वित्तिय संघसंस्थाका प्रैतिनिधिको सहभागिता थियो । कार्यक्रम सहभागिले वित्तीय पहुँच सँगसँगै वित्तीय साक्षरतालाई पनि अगाडि बढाउन सुझाव दिँदै कर्मचारीको हककितको लागि स्थापना भएको संघले सामाजिक सुरक्षा कोष विरुद्धको आन्दोलनमा शसक्त्त भूमीका निर्वाह गरेको भन्दै प्रसंशा गरेका थिए ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड कर नेपाल सरकारलाई तिरेको थियो । नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले हालसम्म राज्यलाई १६ अर्ब १२ करोड रुपैयाँ कर बुझाएको छ । बैंकको कर्मचारी संघमा बैंकका साखा र उपशाखामा रहेका कर्मचारीहरुको सदस्यता रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार