• होमपेज
  • देश
  • सुरक्षा निकायमा आरजु र मन्जुदेखि बालुवाटार टोली हावी,गृहमन्त्री खाँड तनावमा

सुरक्षा निकायमा आरजु र मन्जुदेखि बालुवाटार टोली हावी,गृहमन्त्री खाँड तनावमा

  • शुक्रबार, मंसिर १०, २०७८
सुरक्षा निकायमा आरजु र मन्जुदेखि बालुवाटार टोली हावी,गृहमन्त्री खाँड तनावमा

नेपाल प्रहरीको सरुवा–बढुवामा तत्कालिन प्रहरी आईजीपी सबेन्द्र खनालको समयमा सई विजय यादबको समेत चकचकी थियो । प्रहरीको सरुवा–बढुवाको आन्तरिक मुल्यांकन ती सईको चल्ने गरेको चर्चा हुन्थ्यो । सई विजय यादबले प्रहरी भित्र रकम कलमको आधारमा कतिपय जिल्लामा सरुवा बढुवाका लागि मैले सिफारिस गरेको भन्दै खुलेआम भन्थे र उसुलीमा ध्यान दिने गरेका थिए । पछिल्लो समय प्रहरी भित्रको सरुवा–बढुवाको सूची प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाको निर्देशनमा स्वकीय सचिव प्रकाश देउवाले बनाउने गरेको समाचार आईरहेका बेला एक समुहलाई नै रिजाउन पर्ने खबर छ ।

समाचार स्रोतका अनुसार प्रहरीदेखि शसस्त्र प्रहरीको सरुवा,बढुवामा आरजुसँगै गृहमन्त्री बालकृष्ण खाँडकी पत्नी मन्जु खाँडदेखि बालुवाटारको सुरक्षा हेर्ने बालुवाटार सुरक्षा इकाईमा कार्यरत डिएसपी कोमल शाह र इन्सपेक्टर हिमाल साहसम्म रिजाउँन पर्ने समाचार छ । उनीहरुको सिफारिस सुची बालुवाटार र गृहमन्त्रालयबाट प्रहरी प्रधान कार्यालयदेखि हलचोक सम्म पुग्ने गरेको छ । तिनै सूचीअनुसार सरुवा–बढुवा समेत भएको छ सूोतले जनाएको छ । रेष्टुरेन्टका सञ्चालक समेत रहेका प्रकाश देउवाका अर्का सञ्चालक हेमन्त धामीले समेत प्रहरी सरुवा–बढुवाका लागि रकम,कलमको मोलमोलाई गर्ने गरेको प्रहरी अधिकारीले बताए । उता बालुवाटारमा कार्यरत डिएसपी कोमल शाह र इन्सपेक्टर हिमाल साहको रवाफले प्रहरीका उच्च अधिकारीहरु समेत तनाबमा परेका छन् । सो समूहको चलखेलले यतीबेला गृहमन्त्री खाँडलाई समेत तनावमा पारेका छन् । सरुवा–बढुवामा बालुवाटार हाबी भइरहेको प्रष्ट छ । गृहमन्त्री खाँड,प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री ,एआईजी विश्वराज पोख्रेल र शसस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल समेत तनाबमा परेका छन् ।

बालुवाटारको पूरै रिझाएपछि गृहमन्त्री बालकृष्ण खाँणको समेत केहि जोर नचल्ले भएकाले उनी रुष्ट बनेका छन् । जसका कारण प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँण बिच आन्तरिक चिसोपन बढेको छ ।

आफुले गरेको काठमाडौंको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहको सरुवा बालुवाटारले रोकेको घटनाले पनि बालुवाटार र गृहबीच विवाद बढेको हो । आरजु र प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकिय सचिव भानु देउवाले सुरक्षा निकाय चलाएको भन्दै गृहमन्त्री खाँण असन्तुष्ट पोखेका छन् । सुरक्षा निकायमा बालुवाटारको हस्तक्षेप निकै बढेपछि खाँण रुपन्देही तिरै अल्मलिएको स्रोतले जनाएको छ । सिंहको ठाउँमा एसएसपी सुदीप गिरीको काज सरुवा भएको थियो । गिरीलाई काठमाडौं प्रहरी प्रमुख बनाउन गृहमन्त्रीपत्नी मन्जु खाँण अघि बढेकी थिइन् । आरजु, मन्जु,भानु,प्रकाश,बालुवाटारका डिएसपी,इन्स्पेक्टर कती ढोका पार पाएपछि गृह र प्रहरी प्रधान कार्यलयमा सुची प्रबेश शुने हो प्रहरीका अधिकारी तनाबमा रहेका छन् एक प्रहरी अधिकारीले भने ।

सेटिङले गर्दा नेपाल प्रहरी निरिह जस्तै बनेको छ । पत्नी आतंक,देउवा आतंकले पछिल्लो समय नेपाल प्रहरीको भविष्य नै अन्यौलमा परेको गुनासो छ । पहिला अहिले बढि चाकडी ,चाप्लुसी र रकम कलमको मोलमोलाई बढेको उनले बताए । बालुवाटारको ओपेरा रेस्टुरेन्ट यतिबेला प्रहरीका उच्च अधिकारीको अखडा हो । नेपाल प्रहरीको लेखापालको सरुवा समेत रोकिएको छ । नेपाल प्रहरीमा बदनाम अधिकृतहरुले अवसर पाउन थालेका छन् । राजनीतिक पावरका आधारमा बदनामहरुलाई महत्वपूर्ण जिम्मेवारी दिइएको छ । त्यसो त शक्तीकै आडमा बदनाम प्रहरीलाई संरक्षण गर्ने काम समेत भइरहेको छ । तत्कालिन धनुषा प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटलाई प्रहरी हेडक्वाटरले किन संरक्षण गरेको भन्दै प्रहरीहरुनै चिन्तित भएका छन् । हाम्रो त्यस प्रकारको बदमासी भएको भए निलम्बन हुन्थ्यो उनलाई संरक्षण भइरहेको छ एक एसपीले गुनासो पोखे । एसपी प्रकाश रानाभाटलाई धनुषाको एक लागु औषध काण्डमा मिसिल परिर्वतन गरेको आरोप छ । उनी विवादित छवीका प्रहरी अधिकारी हुन् । उनको विगतपनि उस्तै डर लाग्दो छ । त्यसैगरि,गोरखामा हुँदा गत वर्ष कारबाहीमा परेका एसपी सुरेन्द्र गुरुङलाई मकवानपुर पठाइएको छ । गोरखामा जुवाको पैसा लुकाएको खुलेपछि उनलाई हटाइएको थियो । तिहारको बेला जुवाडे पक्राउ गरेकोमा खालको पैसा लुकाएका थिए । अन्य अनियमितता पनि खुलेपछि उनलाई पाँच महिनामै हटाइएको थियो ।

मकवानपुरका एसपी सोमेन्द्रसिंह राठौरलाई १० महिनामै हटाएर उनलाई पठाइएको हो । त्यसो त उनी पनि त्यहा विवादित भएका थिए । एसपी गुरुङ कांग्रेस नेताहरुकै पावरका आधारमा गुप्तचरबाट प्रहरीमा आएका अधिकृत हुन् । त्यस्तै, पर्साका एसपी बेलबहादुर पाण्डेलाई पनि अवधि नपुगी हटाइएको छ । उनलाई हटाएर कांग्रेस नेता दीपक खड्काका आफन्त एसपी रमेश बस्नेतलाई पठाइएको छ । पटक पटक कारबाही भोगेका एसपी राजेन्द्रबाबु रेग्मीलाई तनहुँमा सरुवा गरिएको छ । स्याङजा पठाइएका राजीव बस्नेत र नुवाकोट पठाइएका रामप्रकाश शाहको कार्यक्षमता राम्रो नभएको मानिन्छ । एसपी सरुवामा आइजिपी निरीह देखिएका छन् ।

म बालुवाटारबाट भन्दै हप्काउने डिएसपी शाह को हुन् ?

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा रहेका डिएसपीको दैनिक रवाफ देखेर बालुवाटारका सरकारी कर्मचारीदेखि आगन्तुक पाहुनाहरुले जिब्रो टोक्ने गरेका छन् । आफु बालुवाटार रहेकाले सबैले टेर्ने भन्दै नेपाल प्रहरीको सरुवा,बढुवामा समेत हस्तक्षेप डिएसपी कोमल शाहको विगतका बारेमा पनि टिकाटिप्पणी हुन थालेको छ । प्रधानमन्त्री बिशेष सुरक्षा इकाई बालुवाटारका उनी विवादित छवीका प्रहरी अधिकारी हुन् । उनले डिएसपी,एसपीको सरुवामा समेत कसैलाई काखा र पाखा हुने गरि कुरा लगाउने गरेको एक एसपीले गुनासो पोखे । प्रहरीको एसपी,डिएसपी लगायत तलको सरुवामा भानु देउवा र प्रकाश देउवाले मात्रै भनेर पनि हुँदैन भन्दै सहकर्मीहरुलाई घुर्काउने गरेका छन् । यस अघि बाँके ट्राफिकमा पनि ४÷४ पटक इन्चार्ज पाइसकेका नेकपा एमाले समर्थित इन्स्पेक्टर याम बहादुर मल्ललाई पनि कांग्रेसी हो भनि मोल मोलाइबाटै बाके ट्राफिकमा काज सरुवा गर्न दबाब दिए पछि गृहमन्त्री खाड समेत छक्क परेका थिए । अहिले डिएसपी शाहको काम नै प्रहरीको सरुवा , बढुवामा अनाबश्यक दबाब दिने गरेको बुझिएको छ । त्यसो त उनले बालुवाटार भित्राएका इन्स्पेक्टर सुधिर राईले प्रधानमन्त्री देउवाले गरेका भेटघाटका सुचना बाहिर लाने गरेको आरोप छ । राजतिलक साप्ताहिकबाट साभार गरिएको 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि