• होमपेज
  • वाणिज्य बैंक
  • माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटि दरबार संग्रहालयमा मोबाईल लकरको व्यवस्था

माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटि दरबार संग्रहालयमा मोबाईल लकरको व्यवस्था

  • बिहिबार, मंसिर ९, २०७८
माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटि दरबार संग्रहालयमा मोबाईल लकरको व्यवस्था

माछापुच्छ्रे बैंक लिमिटेडले नारायणहिटि दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुको लागि मोबाईल लकर नारायणहिटि दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिलाई हस्तान्तरण गरेको छ । नारायणहिटि दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिको आज भएको एक औपचारिक कार्यक्रममा संस्कृति,पर्यटन तथा नागारिक उड्डयन  मन्त्रालयका सचिव यादव प्रसाद कोईला  र माछापुच्छ्रे बैंकका अध्यक्ष डा.वीरेन्द्र प्रसाद महतोले उक्त मोबाईल लकरको संयुक्त रुपमा  उद्घाटन गरेका हुन् ।

आगुन्तकहरुले अब दरबार संग्रहालय घुम्न आउदाँ आफ्नो मोबाईल फोन लकरमा सुरक्षित राखी निस्फिक्री भएर भ्रमण गर्न सक्नेछन् ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ बटा शाखाहरु र १५४ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२२ स्थानवाट १० लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटीएमहरु संचालनमा रहेको छन् ।

Facebook Comments

सम्बन्धित समाचार