माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात गरी एउटा सुमधुर व्यापारिक सम्बन्धको स्थापना भएको छ । उक्त सहकार्यको औपचारिक कार्यक्रम नेपाल विधुत प्राधिकरण रत्नपार्कको प्राङ्गणमा भएको हो ।
सोही कार्यक्रममा नेपाल विद्मुत प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक डिल्लि रमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द« बहादुर साउद र बैंकका तर्फबाट नायब महाप्रबन्धकसर्जु कुमार थापाले संयुक्त रुपमा औपचारिका उद्घाटन गरेका हुन् ।