• होमपेज
  • बीमा
  • पुनर्वास नगरपालिकामा आइएमई लाइफको नयाँ शाखा संचालनमा

पुनर्वास नगरपालिकामा आइएमई लाइफको नयाँ शाखा संचालनमा

  • बिहिबार, कार्तिक २५, २०७८
पुनर्वास नगरपालिकामा आइएमई लाइफको नयाँ शाखा संचालनमा

आइएमई लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडले पुनर्वास नगरपालिकामा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त नयाँ शाखाको उद्धघाटन कम्पनीका क्षेत्रिय प्रबन्धक सुमन तिमिल्सिनाले र पुनर्वास नगरपालिकका मेयर जीवनराज थापाले गरेका हुन् ।

मेयर थापाले बीमा सम्बन्धी जागरण अभियानमा आईएमई लाइफ इन्स्योरन्स कम्पनीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले कम्पनीका भावी योजना, आधुनिक प्रविधिद्वारा प्रदान गरिने सुविधाका सम्बन्धमा र सुदुर पश्चिमका जनमानसमा जीवन बीमाको पहुँच तथा जागरुकताकोलागि सो शाखा बिस्तार कोसेढुंगा रहने बिचार व्यक्त गरे ।

कम्पनीका बिजनेस हेड कर्मराज पौडेलले आइएमई लाइफ इन्स्योरन्स कम्पनीमा बीमा अभिकर्ता भई काम गर्दा स्थानीय समुदायको समृद्धिमा टेवा पुग्ने बताए ।

Facebook Comments

सम्बन्धित समाचार

चर्चामा