• होमपेज
  • वाणिज्य बैंक
  • कुमारी बैंकको एक्काईसौं वार्षिक साधारण सभा सम्पन्न

कुमारी बैंकको एक्काईसौं वार्षिक साधारण सभा सम्पन्न

  • मङ्लबार, कार्तिक १६, २०७८
कुमारी बैंकको एक्काईसौं वार्षिक साधारण सभा सम्पन्न

कुमारी बैंक लिमिटेडको २१ औं वार्षिक साधारण सभा बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा नक्सालस्थित नक्साल कार्यालय, काठमाण्डौ मा सम्पन्न भएको छ । उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७७÷०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७७÷०७८ को लागि ६% बोनस शेयर तथा बोनश शेयर वापत लाग्ने कर प्रयोजनाको लागि समेत गरी २.६७% बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पुँजी रु. १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ हुनेछ ।

आर्थिक वर्ष २०७७÷७८ को आषाढ मसान्तसम्म बैंकले कुल निक्षेप रु.१५७ अर्ब १७ करोड परिचालन तथा कुल कर्जा रकम रु. १४३ अर्ब ७७ करोड प्रवाह गरी संचालन मुनाफा रु.३ अर्ब १९ करोड तथा रु.१ अर्ब ९७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरी १९६ शाखा संजाल, १७५ एटिएम्, १४ एक्स्टेन्सन काउन्टरका साथै ३३ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार