• होमपेज
  • वाणिज्य बैंक
  • चाबहिल तरकारी बजारमा सनराइज बैंकको क्यूआर कोड

चाबहिल तरकारी बजारमा सनराइज बैंकको क्यूआर कोड

  • आइतवार, कार्तिक १४, २०७८
चाबहिल तरकारी बजारमा सनराइज बैंकको क्यूआर कोड

सनराइज बैंकले चाबहिलको तरकारी तथा फलफूल बजारमा क्यूआर  भुक्तानी सेवा शुरु गरेको छ । तरकारी तथा फलफूल बजारमा क्यूआर कोड भुक्तानी कारोबारको आज एक कार्यक्रका बीच नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली बिभागका कार्यकारी निर्देशक भुवन कडेंलले शुभारम्भ गरेका हुन ।

उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसन वा मोबाइल वालेट मार्फत तरकारी बजारमा रहेका  पसलहरुमा तरकारी, फलफूल तथा अन्य सामाग्रीहरुको खरिद रकमको सजिलै भुक्तानी गर्न सक्नेछन् । ग्राहकहरुको सहजताको लागि बैंकले बजार परिसरमा फ्रि वाइफाइको समेत व्यवस्था गरेको छ । ग्राहकहरुले चाबहिलको तरकारी तथा फलफूल बजार परिसरमा रहेको अधिकांश पसलहरुमा क्यूआर कोडबाट क्यूआर पेमेन्ट सुबिधा लिनसक्ने बैंकले जनाएको छ ।

क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी  निर्देशक भुवन कडेंल, काठमाडौं नगरपालिकाका ०७ का वडा अध्यक्ष शुद्ध कुमार डंगोल, बेष्ट  फुड बजार प्रा.लि.का संचालक सुवास घिमिरे र उपेन्द्र पाण्डे,एफ वान सफ्टका अध्यक्ष  विश्वास ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, बैंकका  वरिष्ठ पद्याधिकारीहरु लगायत चाबहिलको तरकारी तथा फलफूल बजारका सदस्यहरुको पनि उपस्थिति  रहेको थियो ।

नगद तथा कार्ड प्रयोगको विकल्पमा क्यूआर कोड भुक्तानी अझै छिटो,झन्झटमुक्त हुनुका साथै कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्ताहरु यो नबिन सेवातर्फ आकर्षित  भइरहेका छन् । डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि  सन्राइज बैंकले क्यूआर कोड भुक्तानी सेवा प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार