• होमपेज
  • वाणिज्य बैंक
  • नबिल बैंक र पोखरा विश्वविद्यालयबिच उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि साझेदारी

नबिल बैंक र पोखरा विश्वविद्यालयबिच उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि साझेदारी

  • आइतवार, कार्तिक १४, २०७८
नबिल बैंक र पोखरा विश्वविद्यालयबिच उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि साझेदारी

नबिल बैंकले पोखरा विश्वविद्यालयसंग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ । नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त साझेदारीको मुख्य उद्देश्य नबिल बैंकले पोखरा विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रम Bachelor of Entrepreneurship Development-BED Program अन्तर्गतका उद्यमशील परियोजना संचालन गरिरहेका उद्यमी विद्यार्थीहरुलाई कर्जा उपलब्ध गराई उद्यमशीलता विकास गर्ने रहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस सम्झौताले नबिल बैंक र पोखरा विश्वविद्यालयको सम्बन्धमा नया आयाम थपेको बताए । उद्यम गर्ने सोच संगै त्यस सम्बन्धी ज्ञान हासिल गरेका युवाहरुमा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए ।

त्यस्तै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्याल, रजिष्ट्रार डा. दिपक बहादुर भण्डारी तथा मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले नबिल बैंकको यस नयाँ सोचको प्रसंसा गर्दै नबिल दिगो बैंकिङ कार्यक्रमको सफलताको शुभकामना सहित यस्का लागि विश्वविद्यालयको सधै सहयोग रहने समेत बताए ।

Facebook Comments

सम्बन्धित समाचार