• होमपेज
  • वाणिज्य बैंक
  • प्रभु बैंकको सहकार्यमा भाटभटेनीले क्युआर भुक्तानी सेवा सुरु

प्रभु बैंकको सहकार्यमा भाटभटेनीले क्युआर भुक्तानी सेवा सुरु

  • बिहिबार, कार्तिक ११, २०७८
प्रभु बैंकको सहकार्यमा भाटभटेनीले क्युआर भुक्तानी सेवा सुरु

भाटभटेनी सुपरमार्केटले बिहीबारबाट क्युआर कोड भुक्तानी सेवा सुरु गरेको छ। प्रभु बैंकको सहकार्यमा भाटभटेनीले क्युआर भुक्तानी सेवा सुरु गरेको हो।

क्युआरको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका छन्। उद्घाटनपछि गभर्नर अधिकारीले नगद कारोबार एकदमै झन्झटिलो हुने भन्दै क्युआरबाट भुक्तानीले समयको बचतसँगै सुरक्षित कारोबार समेत हुने बताए।

गभर्नरले क्युआरका कारण प्रयोगकर्तालाई मात्र नभई ब्यवसाय गर्नेलाई पनि फाइदा पुग्ने बताउँदै कारोबारको गति समेत बढ्ने बताए।

‘यसको आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगबाट बैंकहरुले ग्राहकको वर्गीकरण गरिरहेका हुन्छन्’ उनले भने, ‘उनीहरुले डाटाबेस बनाइरहेका हुन्छन्। यसले ग्राहकले कसरी खर्च गरिरहेको छ भनेर हेरिरहेका हुन्छन्।’

गभर्नरले यसका आधारमा ग्राहकले बैंकबाट विना धितो ऋण पाउने अवस्था भविष्यमा आउन सक्छ। उनले ‘पैसा भए पनि देखाउन नसक्ने’ हरुका लागि यसले मद्दत गर्ने भन्दै भबिष्यका लागि पनि क्युआर भुक्तानी प्रयोग गर्न आह्वान गरे।

गभर्नर अधिकारीले गत बर्षको पुस १० गते पहिलो पटक क्युआर भुक्तानी सेवाको उद्घाटन गरेका थिए। त्यसयता आफैले पनि कमै नगदको प्रयोग गरेको स्मरण गर्दै गभर्नर अधिकारीले भुक्तानीको इकोसिस्टम बनाउन राष्ट्र बैंक र सरकार अग्रसर भएको भन्दै यसमा सबै अटाउने बताए।

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले सरकार र राष्ट्र बैंकको क्यास लेस अभियानलाई सहयोग गर्न आगामी दिनमा सबै आउटलेटहरुमा क्युआर भुक्तानी सेवा सुरु गर्ने बताए। बिहीबार टंगालस्थित भाटभटेनी स्टोरबाट सेवा सुरु भएको हो।

गुरुङले क्युआर भुक्तानीलाई प्रबर्द्धन गर्न आफ्ना १० लाख मेम्बरलाई प्रोत्साहन गरिने बताए। यसका लागि उनले क्युआरबाट भुक्तानी गर्ने ग्राहकलाई पाइरहेको पोइन्टमा २५ प्रतिशत बढि उपलब्ध गराउने घोषणासमेत गरे। पोइन्ट बढ्दा निश्चित समयपछि नि:शुल्क खरीद कुपन पाइन्छ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अबको युग नै प्रविधिमा आधारित भएको बताउँदै यसको प्रयोग बढ्दा औपचारिक अर्थतन्त्रमा टेवा पुग्ने र कारोबार पनि पारदर्शी हुने बताए।

आन्तरिक राजस्व कार्यकालका महानिर्देशक शोभाकान्त पौडेलले विद्युतीय भुक्तानीले कारोबार पारदर्शी हुँदा राज्यलाई पनि कर आउने बताए।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने