• होमपेज
  • वाणिज्य बैंक
  • नबिल बैंकद्धारा सुर्खेतमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंकद्धारा सुर्खेतमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  • मङ्लबार, कार्तिक ९, २०७८
नबिल बैंकद्धारा सुर्खेतमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासगँ दिगो बैंकिङ अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचकोलागि समझदारी गरेको छ ।

बराहताल गाउँपालिकामा नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र गाउँपालिको तर्फबाट अध्यक्ष तेज बहादुर बस्नेतले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त साझेदारी मार्फत गाउँपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाँउपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा बोल्दै नबिल बैंकको कर्णाली प्रदेश प्रमुख गोपी पाण्डेले यस सम्झौताले बराहताल गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए ।

त्यस्तै बराहताल गाउँपालिकाका अध्यक्ष तेज बहादुर बस्नेतले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने र देशकै श्रम भारत लगायत खाडी मुलुक पलायन हुनबाट रोक्ने आशा ब्यक्त गरे । साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पु-याइ गाउँपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

उक्त कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीहरुकै समेत उल्लेख्य संख्यामा उपस्थिति रहेको थियोे ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने