• होमपेज
  • विकास बैंक
  • सांग्रिलाको १७ औं वार्षिकोत्सवमा साताव्यापी कार्यक्रम

सांग्रिलाको १७ औं वार्षिकोत्सवमा साताव्यापी कार्यक्रम

  • आइतवार, कार्तिक ७, २०७८
सांग्रिलाको १७ औं वार्षिकोत्सवमा साताव्यापी कार्यक्रम

सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ । देशभर रहेका बैंकका शाखाहरुले २०७८ कात्तिक ७ देखि २०७८ कात्तिक १३ गते सम्म देहाय अनुसारका कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ ।

२०७८।०७।७ गते बैंकको सम्पूर्ण विभागहरुले कुनै नयाँ योजना कार्यान्वयन गर्ने ।
२०७८।०७।८ गते विभिन्न शाखा कार्यालयहरु मार्फत निशुल्क स्वास्थ्य परीक्षण शिविर तथा आँखा जाँच
२०७८।०७।९ गते बैंकको ९८ वटा शाखा कार्यालय मार्फत वित्तीय साक्षारता कार्यक्रम
२०७८।०७।१० गते केन्द्रीय कार्यालय बालुवाटार सहित विभिन्न शाखा कार्यालय मार्फत रक्तदान शिविर
२०७८।०७।११ गते नयाँ शाखा कार्यालय उद्घाटन
२०७८।०७।१२ विभिन्न शाखा कार्यालयहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रहरु
२०७८।०७।१३ गते सम्मान कार्यक्रम तथा कृत्रिम अंग वितरण

उक्त कार्यक्रम सांग्रिला डेभलपमेन्ट बैकको सम्पूर्ण शाखा कार्यालयहरुले मिति २०७८ कात्तिक ७ गते देखि मिति २०७८ कात्तिक १३ गते सम्म क्रमानुसार मनाउँदै लग्नेछ । उक्त कार्यक्रमहरुले देशव्यापी रुपमा विभिन्न क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

साग्रिला डेभलपमेन्ट बैकले आफ्ना ग्राहक वर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । साथै, अवका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।

Facebook Comments

सम्बन्धित समाचार