• होमपेज
  • प्रविधि
  • एनटीसीले फाइबर इन्टरनेटमा ल्यायो विभिन्न अफर

एनटीसीले फाइबर इन्टरनेटमा ल्यायो विभिन्न अफर

  • मङ्लबार, कार्तिक २, २०७८
एनटीसीले फाइबर इन्टरनेटमा ल्यायो विभिन्न अफर

नेपाल टेलिकमले एफटीटीएचको ट्रिपल प्ले (भ्वाइस, डेटा र टिभी) सेवा लिने ग्राहकहरुलाई एक वर्षका लागि आकर्षक छुट दिने अफर ल्याएको छ।

टेलिकमले एफटीटीएच आइपिटिभी अफर अन्तर्गत २५ एमबीपीएस ब्याण्डविथ वार्षिक १५ हजार ९८० रुपैयाँमा दिने जनाएको छ। ४० एमबीपीएसको वार्षिक १७ हजार १०० रुपैयाँ र ८० एमबीपीएसको वार्षिक २२ हजार ५०० रुपैयाँ पर्ने टेलिकमले जनाएको छ। वार्षिक सेवा लिने ग्राहकहरुका लागि टेलिकमलेनै सेटअप बक्स उपलब्ध गराउने जनाएको छ।

२५ एमबीपीएसको तीन महिनाका लागि ४१ सय रुपैयाँ, ४० एमबीपीएसको ५५ सय रुपैयाँ र ८० एमबीपीएसको ७२ सय रुपैयाँ पर्ने टेलिकमले जनाएको छ।

यो सेवा मासिक लिँदा २५ एमबीपीएसको १४ सय रुपैयाँ,  ४० एमबीपीएसको १८ सय ५० रुपैयाँ र ८० एमबीपीएसको २४ सय ५० रुपैयाँ पर्ने टेलिकमले जनाएको छ।

एफटीटीएचमा उपलब्ध सेवाहरुमध्ये भ्वाइस र डेटा सेवा मात्रै पनि सहुलियत दरमा लिन सकिने बताइएको छ। २५ एमबिपिएस डेटा एक हजार रुपैयाँ, ४० एमबीपीएस डेटा १५ सय रुपैयाँ र ८० एमबीपीएस डेटा दुई हजार रुपैयाँमा पाइने टेलिकमले जनाएको छ।

तीन महिनाका लागि यो सेवा लिँदा २५ एमबीपीएस डेटाको २८ सय ५० रुपैयाँ, ४० एमबीपीएसको ४२ सय र ८० एमबीपीएसको ५५ सय पर्ने टेलिकमले जनाएको छ। वार्षिक लिँदा २५ एमबीपीएसको १० हजार पाँच सय रुपैयाँ, ४० एमबीपीएसको १५ हजार तीन सय रुपैयाँ र ८० एबीपीएसको २० हजार पाँच सय रुपैयाँ पर्ने बताइएको छ।

वार्षिक प्याकेज खरिद गर्ने ग्राहकहरुलाई टेलिकमले प्रतिदिन ३०० एमबी मोबाइल डेटा पनि उपलब्ध गराउने जनाएको छ। यसैगरी मासिक, त्रैमासिक र वार्षिक प्याकेजहरुको खरिदमा क्रमशः २५०, ७५० र तीन हजार मिनेट अननेट फ्रि भ्वाइस कल सुविधा उपलब्ध गराउने जनाएको छ।

एफटीटीएचबाट डेटा सेवा मात्र लिन चाहने ग्राहकहरुका लागि टेलिकमले प्रिमियम इन्टरनेट सर्भिस प्याक सुलभ दरमा उपलब्ध गराउने जनाएको छ। डेटा सेवा मात्र एक वर्षका लागि लिँदा ५० एमबीपीएसको २४ हजार आठ सय रुपैयाँ, ८० एमबीपीएसको ३२ हजार आठ सय रुपैयाँ र १०० एमबीपीएसको ४० हजार आठ सय रुपैयाँ पर्ने टेलिकमले जनाएको छ।

तीन महिनाको लागि डेटा सेवा लिँदा ५० एमबीपीएसको १२ हजार ६ सय रुपैयाँ, ८० एमबीपीएसको १६ हजार पाँच सय रुपैयाँ र १०० एमबीपीएसको २० हजार रुपैयाँ पर्ने टेलिकमले जनाएको छ। एक महिनाको लागि ५० एमबीपीएसको ४५ सय रुपैयाँ, ८० एमबीपीएसको ६ हजार रुपैयाँ र १०० एमबीपीएसको ७५ सय रुपैयाँ पर्ने टेलिकमले जनाएको छ।

यसैगरी, डेटा र इन्टरनेट दुवै सेवा प्रयोग गर्ने ग्राहकहरुका लागि टेलिकमले प्रिमियम इन्टरनेट सेवासहित आइपिटिभी प्याक उपलब्ध गराउने भएको छ। यो प्याकको सेवा एक महिनाका लागि लिँदा ५० एमबीपीएसको ५१ सय ७८ रुपैयाँ, ८० एमबीपीएसको ६६ सय ७८ रुपैयाँ र १०० एमबीपीएसको ८१ सय ७८ रुपैयाँ पर्ने टेलिकमले जनाएको छ।

तीन महिनाको सेवा लिँदा ५० एमबीपीएसको १४ हजार ५२३ रुपैयाँ, ८० एमबीपीएसको १८ हजार ४२३ रुपैयाँ र १०० एमबीपीएसको २१ हजार ९२३ रुपैयाँ पर्ने टेलिकमले जनाएको छ। एक वर्षको सेवा लिँदा ५० एमबीपीएसको ३१ हजार ३०९ रुपैयाँ, ८० एमबीपीएसको ३९ हजार ३०९ रुपैयाँ र १०० एमबीपीएसको ४७ हजार ३०९ रुपैयाँ पर्नेछ। टेलिकमले यो प्याकको खरिदमा सेटअप बक्सको शुल्क समावेश नगरेको जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि