• होमपेज
  • बीमा
  • मेटलाइफद्वारा आफ्ना उत्कृष्ट वितरण प्रतिनिधिहरुलाई सम्मान

मेटलाइफद्वारा आफ्ना उत्कृष्ट वितरण प्रतिनिधिहरुलाई सम्मान

  • बिहिबार, अशोज २८, २०७८
मेटलाइफद्वारा आफ्ना उत्कृष्ट वितरण प्रतिनिधिहरुलाई सम्मान

मेटलाइफ नेपालले काठमाडौंमा आयोजित वार्षिक पुरस्कार समारोहमा आफ्नो उत्कृष्ट एजेन्सी प्रतिनिधिहरुलाई सम्मान गरेको छ । नेपाल सरकारले तोकेको स्वास्थ्य र सुरक्षा सम्बन्धी सबै मापदण्डहरु पालना गरि आयोजना गरिएको उक्त कार्यक्रम कम्पनीको उपाध्यक्ष एवं महाप्रबन्धक निर्मल काजी श्रेष्ठले उद्घोष गर्नुभएको थियो जसमा कम्पनीका शीर्ष अधिकारीहरु, योग्य एजेन्सी प्रबन्धकहरु, युनिट प्रबन्धकहरु र देशभरका फिल्ड प्रतिनिधिहरुले उपस्थिति जनाएका थिए ।

ग्राहकहरुलाई आफ्नो जीवनमा अघि बढ्न मद्दत गर्ने मनसायका साथ मेटलाइफ नेपाल गत वर्ष देखि नै सबै ग्राहकवर्गहरुलाई सहज डिजिटल सेवाहरु प्रदान गर्न ध्यान केन्द्रित रह्यो । सो कम्पनी नेपालमै ग्राहकहरुको लागि अनलाइन प्रीमियम भुक्तानी सेवा प्रदान गर्ने पहिले जीवन बीमा कम्पनी हो । उक्त कम्पनीसँग काइट नामको डिजिटल सेल्स सोलुसन पनि रहेको छ जसको प्रयोग गरि एजेन्ट तथा वित्तीय योजना सल्लाहकारहरुले जहाँपनि जुनसुकै ठाउँमा पनि ग्राहकहरुलाई एक सहज र फरक किसिमको अनबोर्डिङ्ग अनुभव दिलाउन सक्षम रहन्छन् ।

कम्पनीको उपाध्यक्ष एवं महाप्रबन्धक निर्मल काजी श्रेष्ठ भन्नुहुन्छ – “अहिलेको विषम् परिस्थितिमा हाम्रा अभिकर्ताहरुको सहनशीलता र अनुकूलन क्षमता तथा विगत १२ महिनामा ग्राहकहरुलाई मद्दत गर्न देखाउनुभएको अटुट प्रतिबद्घता प्रति निकै नै गर्वावन्वित भएका छौं । मेटलाइफ नेपालले सहज डिजिटल अनुभवका माध्यमबाट ग्राहकहरुको जीवन यात्राको प्रत्येक चरणका आवश्यकताहरुलाई पूरा गर्न आफ्ना अभिकर्ताहरुको क्षमता विकासमा निरन्तर जोड दिइरहनेछ ।”

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि