• होमपेज
  • अर्थ/वाणिज्य
  • सांग्रिला डेभलपमेण्ट बैंकको १०.५३ प्रतिशत लाभांश प्रस्ताव कात्तिक १६ गते पारित हुदैं

सांग्रिला डेभलपमेण्ट बैंकको १०.५३ प्रतिशत लाभांश प्रस्ताव कात्तिक १६ गते पारित हुदैं

  • बिहिबार, अशोज २८, २०७८
सांग्रिला डेभलपमेण्ट बैंकको १०.५३ प्रतिशत लाभांश प्रस्ताव कात्तिक १६ गते पारित हुदैं

सांग्रिला डेभलपमेण्ट बैंकले कात्तिक १६ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडौंमा विहान १० बजे सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ ।

यस वर्ष बैंकले १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्तावलाई पनि सभाले अन्तिम रुप दिनेछ ।  हाल बैंकको चुक्तापूँजी रू. २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरण गर्न लागेको हो ।

सभाले बाँकी अवधिका लागि गरिएको सञ्चालक नियुक्तिकोे विषयलाई समेत अनुमोदन गर्नेछ । साथै , अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तीमा जान उपयुक्त देखिएमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कात्तिक ५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी बैंकको छ । बुक क्लोजको आधारमा कात्तिक ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

Facebook Comments

सम्बन्धित समाचार