• होमपेज
  • देश
  • दाङमा ढुंगा, गिट्टी, बालुवा दोहन, प्रहरी प्रशासनको मिलेमतोमा राजश्व छल्दै धन्दा मच्चाउँदै

दाङमा ढुंगा, गिट्टी, बालुवा दोहन, प्रहरी प्रशासनको मिलेमतोमा राजश्व छल्दै धन्दा मच्चाउँदै

  • बिहिबार, अशोज २१, २०७८
दाङमा ढुंगा, गिट्टी, बालुवा दोहन, प्रहरी प्रशासनको मिलेमतोमा राजश्व छल्दै धन्दा मच्चाउँदै

अन्तर समझ,दाङ । दाङ जिल्लाको राजपुर गाउँ पालिकामा अबैध तबरबाट राजश्व छली  नदिजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा ओसारेको समाचार प्राप्त भएको छ ।

प्रहरी प्रशासनको मिलेमतोमा धन्दा मौलाएपछि स्थानीयहरु।चिन्तित बनेका हुन् ।

राजपुर गाउँ पालिकाका अध्यक्ष  लोक राज केसीका नातेदारले २०७७ असोज १५ गते राजपुर गापा वार्ड नं ३ प्रतापपुरमा राजस्व तिरे भन्दा बढि गिट्टी,बालुवा लगायत नदिजन्य सामाग्री ओसारेपछि यस्तो खबर सार्वजनिक भएको हो ।

आर्थिक प्रलोभनमा परि मिलेमतोका आधारमा केसी निर्माण सेवा लगायत केहि कम्पनीलाई काखा र अन्य ब्यावसायीहरुलाई पाखाको नीति अबलम्बन गरेपछि अध्यक्ष केसीको धन्दा छताछुल्ल भएको हो ।

केसीले गरेका अनैतिक धन्दा राजपुर गाउँ पालिकामा भित्रभित्रै भुसको आगो झै भएको छ ।

सत्ता र शक्तीको आडमा अन्य धन्दा दबाएपनि आफ्ना नातेदारको केसी निर्माण सेवाले करोड भन्दा बढि राजश्व छलेको प्रमाणले भने उनको नियत उदाङ्गिएको छ ।

राजश्व छली गरि करोडौंको ढुंगा, गिट्टी, बालुवा तस्करी गरेको केसी निर्माण सेवालाई बचाउन २०७७ असोज १५ का प्रमाणहरु जलाइ सकेको घटनाले थप प्रष्ट पारेको छ ।

राजपुरमा सत्ताको आडमा उत्खनन खुलापछि व्यक्ति, स्वार्थ समूहबाहेक कसैलाई फाइदा छैन् सरोकारवालाहरुले चिन्ता प्रकट गरेका छन् ।

पछिल्लो समय अबैध धन्दा मौलाएको खबरले जिल्ला प्रहरी प्रशासनको समेत मिलेमतो बढेको भन्दै स्थानीय चिन्तित भएका हुन् ।

नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकारले पुणर्ता नपाँउदै दाङ जिल्लामा ढुंगा, गिट्टी,बालुवा ब्यावसायीहरुलाई काखा र पाखा गरेको निति अबलम्बन गरिएको प्रस्टै छ ।

राजश्व दाखिला गरि काम गरेका ब्यावसायीहरुको भन्दा चोरबाटाको प्रयोग गरी धन्दा गर्नेहरुको हालीमुहाली मौलाएपछि सरोकारवाला र स्थानियहरु चिन्तित भएका हुन् ।

राजश्व छली ढुंगा, गिट्टी, बालुवा दनादन बिक्री गर्ने क्रम रोकिएको छैन् । राजपुर गापाका अध्यक्ष केसीको आडमा गरिएको यस्तो धन्दाको पछाडि जिल्लाका केहि कांग्रेसी नेताहरु र जिल्ला प्रहरी प्रमुख एसपी  सुरेश काफ्लेको पनि साथ रहेको समाचार स्रोतले जनाएको छ ।

एसपी काफ्ले समेत प्रलोभनमा परि  नियम कानुनलाई पन्छाएर स्वार्थी समुहको निर्देशनलाई हस बहादुरको निति अघि सारेको आरोप लागेको छ ।

केसी निर्माण सेवाले यसरी छल्यो राजस्व
दाङ जिल्लाको राजपुर गाउँ पालिका वार्ड ३ प्रतापपुर अन्तरगत रहेको नदिजन्य पदार्थमा करोड भन्दा बढि राजश्व छली गर्ने कार्यले तिब्रता पाएको छ ।

केसी निर्माण सेवाले राजश्व छली ५८ हजार घनमिटरको ढुंगा, गिट्टी, बालुवा ओसार्ने काम गरेको आरोप छ । सम्झौता अनुसार २० हजार ७ सयमा रहेको थियो ।

खडक कृष्ण निमार्ण सेवाले उक्त नदिजन्य पदार्थ प्रयोग गरेको थियो ।

समाचार स्रोतका अनुसार १ करोड ८५ लाख भन्दा बढि राजश्व रकम दाखिला नगरि नदिजन्य पदार्थ ओसारपसार भएसँगै तत्कालिन समयमा अध्यक्ष केसीको पुत्ला दोहन समेत भएको थियो । ५ महिना कार्यपालिको बैठक समेत बस्न सकेको थिएन न्यूज अभियान डट कममा समाचार छ ।

 

यती ठुलो राजश्व छली कार्यलाई दवाएर तत्कालिन कागजात समेत गुपचुप गराएकोमा स्थानियहरु आका्रेशित भएका छन् । उक्त लुट धन्दामा वडा नं ६ का अध्यक्ष श्याम बहादुर रोकाले गम्भिर असहमती प्रकट गरेका थिए ।

कार्यपालिका बैठकबाट राजश्व असुल्ने भनि बहुमत सदस्यबाट निर्णय भएको थियो । तर अध्यक्ष केसी राजश्व असुल नगरि ब्यक्तीगत लाभ लिएको आरोप लागेको छ ।

यस बिषयमा गम्भिर रुपमा छानबिन गरि अनुसन्धान हुनु पर्ने स्थानियहरुको माग छ । दाङमा अनुमति भन्दा बढी बालुवा(ढुंगा उत्खनन हुनुलाई सामान्य मानिन्छ ।

दाङ राजश्व कार्यलयले यसरी कर छली गर्नेहरु माथी निगरानी राखी कागजात नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाउनु पर्ने माग उठेको छ ।  (अभियान टाईम्स साप्ताहिकबाट साभार गरिएको )

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि