• होमपेज
  • विकास बैंक
  • कामना सेवाले ल्यायो अनलाईन डिम्याट सुविधा

कामना सेवाले ल्यायो अनलाईन डिम्याट सुविधा

  • बुधबार, अशोज २०, २०७८
कामना सेवाले ल्यायो अनलाईन डिम्याट सुविधा

कामना सेवा विकास बैंकले अनलाईन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । अब बैंकमा बचत खाता भएका ग्राहक महानुभावहरुले घरमै बसी सहज रुपमा बैंकको अनलाईन मार्फतनै डिम्याट खाता तथा मेरोशेयर खोल्नु सक्नुहुनेछ । अनलाईन मार्फत खाताको लागि आवेदन दिएको केहि समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ ।

साथै बैंकमा खाता नभएका ग्राहक महानुभावहरुले अनलाईनबाटै उच्चतम ब्याजदर सहितको बैंकको नयाँ ूशुभलाभ लगानी बचत खाताू खोली यो सुविधा उपभोग गर्न सक्नुहुनेछ जस अन्तर्गत ग्राहक महानुभावहरुले प्रथम वर्ष निस् शुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ, तथा लकर सुविधा प्राप्त गर्न सक्नुहुनेछ । देशभर फैलिएका बैंकको १२९ शाखा तथा एक विस्तारीत शाखाबाट डिम्याट खाता सम्बन्धी सुविधाहरु सजिलै प्राप्त गर्न सकिनेछ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । यस बैंकले Social Media Banking, KS iMobile, जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सरल, सहज र उत्कृष्ट बैकि¬ङ सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि