• होमपेज
  • विकास बैंक
  • कामना सेवा विकास बैंकले सञ्चालनमा ल्यायो युनिफोकल रिडिंग ग्लास सेवा

कामना सेवा विकास बैंकले सञ्चालनमा ल्यायो युनिफोकल रिडिंग ग्लास सेवा

  • शुक्रबार, अशोज १५, २०७८
कामना सेवा विकास बैंकले सञ्चालनमा ल्यायो युनिफोकल रिडिंग ग्लास सेवा

कामना सेवा विकास बैंकले विश्व दृष्टि दिवसको अवसरमा विश्व स्वास्थ्य संघले तय गरेको “आँखालाई माया गरौं” भन्ने नारालाई आत्मसात् गरी नजिक तथा टाढा देख्न सक्ने खालको अत्याधुनिक युनिफोकल रिडिंग ग्लासको सेवा शुभारम्भ गरेको छ ।

बैंकले ग्राहकहरुको सहजता र सुविधालाई मध्यनजर गरी नेपाल आँखा अस्पतालसँगको सहकार्यमा उक्त सेवाको शुभारम्भ गरेको हो ।

यससंगै यसप्रकारको सुविधा सञ्चालनमा ल्याउने कामना सेवा विकास बैंक नेपालको बैंकिङ क्षेत्रकै पहिलो वित्तीय संस्था बनेको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्य र नेपाल आँखा अस्पतालका अध्यक्ष डा. श्री गोपाल प्रसाद पोख्रेलज्यूले संयुक्त रुपमा आज एक समारोहकाबीच उक्त सुविधाको शुभारम्भ गर्नु भएको हो ।

बैंकले यस अगाडि पनि दृष्टिविहिन व्यक्तिहरुलाई समेत आफै खाता खोली बैंकिङ कारोबार गर्न सहयोग मिलोस भन्ने उद्देश्यले ब्रेललिपि प्रयोग गरि बचत खाता सञ्चालनमा ल्याइसकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि