• होमपेज
  • बीमा
  • विराटनगर र धनगढीमा “युवा संग – महालक्ष्मी लाईफ”

विराटनगर र धनगढीमा “युवा संग – महालक्ष्मी लाईफ”

  • शुक्रबार, अशोज १५, २०७८
विराटनगर र धनगढीमा “युवा संग – महालक्ष्मी लाईफ”

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवाहरु वीच बीमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले संचालन गरेको “युवा संग – महालक्ष्मी लाईफ” कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न गरेको छ । सिटी कलेज विराटनगरका प्रिन्सिपल तिर्थ राज घिमिरेको अध्यक्षतामा विराटनगरमा संचालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो ।

बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटिका संयोजक खडक नारायण उडाउले संचालन गर्नु भएको कार्यक्रममा जागरण अभियानका केन्द्रिय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्व बारेमा प्रकाश पार्नु भयो । कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र उपक्षेत्रिय प्रमुख हिरा निरौलाले सहभागि युवाहरुलाई प्रशिक्षण दिनु भएको थियो। कार्यक्रम पछि एजेन्सी मेनेजर खडक नारायण उडाउको संयोजकत्वमा २१ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटि गठन गरिएको छ ।

त्यसै गरी आजै धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमीमा पनि “युवा संग – महालक्ष्मी लाईफ” बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । कलेजका सहायक क्याम्पस प्रमुख उत्तम सिंह भण्डारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराले बीमा जागरणको महत्व बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले प्रशिक्षण दिएका थिए । कार्यक्रमको संचालन नायव अधिकृत नरेश बहादुर सिंहले गरेका थिए

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि