कुमारी बैंकले गत वर्षको नाफाबाट ८.६७ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले ६ प्रतिशत बोनस सेयर र करसहित २.६७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
बैंकले गत आर्थिक वर्ष १४ प्रतिशत लाभांस दिएको थियो भने त्यसभन्दा अघि १०.५३ प्रतिशत दिएको थियो। यसको एक वर्षअघि साढे ८ प्रतिशत दिएको थियो।
बैंकको चुक्ता पुँजी १३ अर्ब ८७ करोड रुपैयाँ छ। बैंकको जगेडा कोषमा ५ अर्ब ११ करोड रुपैयाँ छ।
बैंकले गत आर्थिक वर्ष एक अर्ब ९ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो।