• होमपेज
  • वाणिज्य बैंक
  • मुक्तिनाथ विकास बैंकले गर्यो पाँच संघसंस्थालाई सहयोग

मुक्तिनाथ विकास बैंकले गर्यो पाँच संघसंस्थालाई सहयोग

  • सोमवार, भदौ २८, २०७८
मुक्तिनाथ विकास बैंकले गर्यो पाँच संघसंस्थालाई सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संघ संस्था, व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । यस भदौ महिनामा मात्र बैंकले ५ विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यहरुमा सहयोग गरेको छ ।

बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि “फाइनान्सीयल डिजिटलाइजेसन लिट्रेसी” लागि ५० हजार रकम मिडिया इन्टरनेसनल प्रालिलाई सहयोग गरेको छ । यसैगरी कास्कीको मालपोत कार्यालयमा आउने सेवाग्राहीहरु बस्ने प्रतिक्षालयहरुमा आराम कुर्र्सीहरुको अभाव भएको हुँदा बैंकले ३ थान ३ सिटरको फलामको कुर्सी मालपोत कार्यालय-कास्कीलाई हस्तान्तरण गरेको छ ।

यसका साथै बैंकले बालबालिकाको शिक्षामा टेवा पुराउनका निमित्त रेश्ट फाउन्डेसन अन्तरगत हेरचाह गरिएका आर्थिक स्थिति कमजोर भएका बालबालिकालागि चाहिने किताबको दराजको निमार्ण गर्न हेतु  ४० हजार सहयोग गरेको छ ।

यसैगरी, बैंकले भैसेपाटी स्थित प्रगती युवा कल्बद्धारा आयोजन भएको रक्तदान कार्यक्रमका लागि पनि आर्थिक सहयोग गरेको छ । उत्त कार्यक्रमले विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने अपेक्षा बैंकले गरेको छ । यसका साथै बैंकले आर्थिक स्थिति कमजोर भएका कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं २२ का २८ वर्षीय प्रकास बरालको मृगौला प्रत्यारोपनपणका लागि ५० हजार सहयोग गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि