• होमपेज
  • वाणिज्य बैंक
  • बैंक अफ काठमाण्डूका ग्राहकलाई फर्निचर वान स्टोरमा २०% छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई फर्निचर वान स्टोरमा २०% छुट

  • बिहिबार, भदौ २४, २०७८
बैंक अफ काठमाण्डूका ग्राहकलाई फर्निचर वान स्टोरमा २०% छुट

बैंक अफ काठमाण्डू लिमिटेड र फर्निचर वान स्टोरबीच बैंकको डेबिट कार्ड/ क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा २०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको जनाएको छ ।

सम्झौता पश्चात् ग्राहक महानुभावहरुले फर्निचर वान स्टोरबाट घर तथा अफिसको लागि आवश्यक फर्निचरहरु खरिद गरेवापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको २०% सम्म छुट पाउने बैंक अफ काठमाडौंले जनाएको छ ।

फर्निचर वान स्टोरले डिल्लीबजारबाट सेवाग्राहीहरुलाई आवश्यक गुणस्तरीय फर्निचरहरु बिक्री गर्दै आइरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार