• होमपेज
  • शेयर मार्केट
  • नेप्सेमा झिनो सुधार

नेप्सेमा झिनो सुधार

  • बुधबार, भदौ १६, २०७८
नेप्सेमा झिनो सुधार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.१८ बिन्दुले सुधार भई दुई हजार ९७७.०२ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१७ बिन्दुले बढेर ५५०.६९ मा पुगेको छ । कूल २२६ कम्पनीको एक करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर रु नौ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ मूल्यमा कारोबार भयो । नेप्सेमा सोमबार र मङ्गलबार मात्रै झण्डै १२० अङ्कको गिरावट भएको थियो ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ७.८९, होटल तथा पर्यटन १३०.४३, जीवन बीमा ७४.५९ र लगानी ०.०१ बिन्दुले उकालो लागेको छ । यस्तै, व्यापार ७.३४, विकास बैंक ४०.१४, जलविद्युत् १९.९६, वित्त ८७.८२, निर्जीबन बीमा ६३.५९, उत्पादन २ं४२, अन्य १.४४, लघुवित्त ५.९४ र सामूहिक लगानी कोष ०.०६ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५९ करोड ९९ लाख ३६ हजार बराबरको कारोबार भयो । युनाइटेड मोदी रु ३० करोड १४ लाख २३ हजार, अपि पावर कम्पनी रु २३ करोड ७५ लाख १५ हजार, हिमालयन डिस्टिलरी रु २३ करोड ३६ लाख ७६ हजार ९२७ र रिडी हाइड्रोपावरको रु २२ करोड ११ लाख ५३ हजार १५२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार रुरु जलविद्युत् परियोजना ७.५५, ओरियण्टल होटल ६.१४, युनाइटेड मोदी ६.०४, हिमालयन ऊर्जा विकास कम्पनी ६.०२ र सोल्टी होटलका लगानीकर्ताले ५.७३ प्रतिशतले कमाए ।

त्यस्तै, सनराइज फस्ट म्युचुअल फण्ड ९.९८, खानीखोला हाइड्रोपावर ७.७७, गुह्येश्वरी मर्चेन्ट बैंक ६.२७, कर्पोरेट डेभलपमेन्ट बैंक ५.७५ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले ५.२८ प्रतिशतले गुमाए । आजको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ५९ अर्ब ४९ करोड १४ लाख पाँच हजार ४६४ बराबर पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार